२०८३ असार १
June 15, 2026, Monday

प्यानल बहस : विद्यार्थीको विदेश आकर्षणले क्याम्पसमा विद्यार्थी घटे

दश जोड दुई कक्षाको पढाइपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी सङ्ख्या न्यून बन्दै गएकोमा चिन्ता ब्यक्त गरिएको छ । क्याम्पसमा गुणस्तरीय शिक्षा तथा सहज पहुँच हुदाँहुदै पनि विद्यार्थीको बढ्दो विदेश पलायनले हरेक बर्ष संख्या घट्दै गएकोमा अबका दिनका कसरी विद्यार्थीको संख्या बढाउन सकिन्छ भन्ने विषयका अब बहस आवश्यकता रहेकोमा जोड दिइएको थियो।

Advertisement

म्याग्दी बहुमुखी क्याम्पसको ३४औं वार्षिकोत्सव तथा २३औं क्याम्पस सभाका अवसरमा पूर्व विद्यार्थी संघद्वारा शनिबार “कसरी बन्छ समुन्नत क्याम्पस“ विषयक प्यानल बहसमा स्वदेशमै सम्भावना र रोजगारीको वातवारणका बारेमा विद्यार्थीलाई विश्वास दिलाउन नसक्दासम्म शैक्षिक जनशक्ती पलायन रोक्न नसकिने बताइएको थियो ।

Advertisement

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई प्रयाप्त सुविधा,अनुकुल वातावरण र समय सुहाउँदो विषयहरू भित्राइएको भएपनि विद्यार्थीको संख्यामा कमी रहेको सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले बताउनुभयो । ‘हाम्रो क्याम्पसको नतिजा धौलागिरी भित्रका अन्य क्याम्पसको तुलनामा उत्कृष्ट छ, रोजगारमुलक विषयलाई पनि प्राथमिकता नै दिएका छौ’ अध्यक्ष ढुंगानाले भन्नुभयो ।

जिल्लाका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको कक्षा ११ र १२ मा समेत विद्यार्थीको संख्या कम भएकाले पनि क्याम्पसको नियमित संख्यामा असर गरेको बताउँदै क्याम्पस प्रमुख श्रीधर सुुबेदीले विद्यार्थीले विदेशमा शिक्षा आर्जन गर्न यहाँ नियमित हुने गरी भर्ना भएर बस्ने प्रबृत्ति रहेको बताउनुभयो ।

‘शैक्षिक जनशक्तीमा हामीले प्रतिस्पर्धा गर्न सक्छौ, विद्यार्थीलाई यही रोजगारीको वातावरण बनाउन गरिएका प्रयासले केही सहज भएपनि प्रयाप्त भने छैन’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो ।

क्याम्पसले अनुवभी ब्यक्तिसँग विद्यार्थी, उद्यमशिलता तालिम, रोजगारीको सहज वातावरण रहेको विआइसिटी सहितका नयाँ कार्यक्रमहरु थप गरेपछि विद्यार्थीमा सकारात्मक सन्देश भने प्रवाह भएको क्याम्पस प्रमुख सुुबेदीको भनाई छ ।

बहस कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष प्रेम जिसीले क्याम्पसमा पूर्णकालीन, आंशिक प्राध्यापकको क्षमताका कुनै कमी नभएको र छात्रावास सुविधा हुदाँ समेत विद्यार्थीको पलायन हुने लहरलाई रोक्न नसकिएको बताउनुभयो । सोही अवसरमा शिक्षक अभिभावक संघका सदस्य बिनोद शर्मा सुबेदीले क्याम्पसको कार्यसम्पादनबाट अभिभावक सन्तुष्ट रहेको बताउनुभयो ।

क्याम्पसका विद्यार्थीहरुको तर्फबाट एशिला खड्काले नेपालमै सम्भावना छ भन्ने विद्यार्थीलाई वातावरण बनाउन नसक्नुको कमजोरी अहिलेको अवस्था रहेको बताउनुभयो । विद्यार्थीले शिक्षा अनुसारको अवसर स्वदेशमा रहेको महसुस नहुदाँसम्म पलायन रोक्न नसकिने अधिकांस बक्ताको भनाई थियो ।

पूर्व विद्यार्थी संघका अध्यक्ष अर्जुन पौडेलले क्याम्पसको विषय, कार्यक्रम र संकायबीचको नियमित विभिन्न कार्यक्रमहरु सञ्चालन गरी समुदायस्तरसम्म क्याम्पसका गतिविधि केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व विद्यार्थीले क्याम्पसमा अध्ययनरत विद्यार्थीसँगै क्याम्पसका गतिविधिमा समेत सघाउने गरी विभिन्न योजनाहरु बनाएर विज्ञहरूसँग सुझाव समेत लिने बताउनुभयो ।

गाउँमा १२ पास भएर पढाइ छाडेकाहरुलाई पढ्नका लागि प्रोत्साहन गर्दै पढ्ने वातावरण तय गर्न सकेमा पनि थप सहज हुने अध्यक्ष पौडेलको भनाई थियो । पूर्व विद्यार्थी संघका अध्यक्ष पौडेलको अध्यक्षता तथा स्वागत, सचिव प्रभा ढुंगानाको सञ्चालन र सदस्य कृष्ण जिसीले बहस सञ्चालन गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP