३३ वडामा नेपाली कांग्रेस म्याग्दीको सङ्गठन सुदृढ तथा साङ्गठनिक अभियान सञ्चालन गरेको छ। नेपाली कांग्रेसको सय दिने विशेष अभियान अन्तरगत बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिका भित्र अभियानलाई जारी राखेको हो । अभियानमा वडास्तरमा रहेका संरचनालाई चुस्त दुरुस्त गतिशील र क्रियाशील बनाउने, स्थानीयको समस्या तथा विभिन्न विषयमा केन्द्रित भएको जिल्ला कार्यसमितिका सचिव हिरा पुनले बताउनुभयो ।
‘यो महिनाभित्र वडास्तरको कार्यक्रम सकिन्छ,अभियानबाट आएका प्रतिवेदनपछि जिल्लास्तरी कार्यक्रम सुरु हुन्छ’ सचिव पुनले भन्नुभयो । वडास्तरको अभियानका लागि केन्द्रिय प्रतिनिधिको रुपमा सारदा पौडेललाई खटाइएको छ ।
पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारी सहित जिल्लास्तरीय नेता तथा जनप्रतिनिधिहरु अभियानमा खटिएका छन् । वडास्तरको अभियानपछि पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधि र जिल्लास्तरीय भेला तथा प्रशिक्षण गरिने छ ।
पार्टी र जनप्रतिनिधि बिचको सुमधुर सम्बन्ध, पार्टीलाई जनप्रतिनिधिबाट अपेक्षा, समुदायस्तरमा जनप्रतिनिधिको गुनासाहरूलाई समेत भेला तथा प्रशिक्षणमा प्रस्तुत गरिने छ । पार्टीले अभियान सकिएपछि बैठक राखेर त्यसमा छलफल गर्ने सभापति खमबहादुर गर्बुजाको भनाई छ ।
जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका...
१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...
म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न...