२०८२ चैत्र २४
April 7, 2026, Tuesday

बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन

म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement

बिजयादशमी तथा शुभ दिपावली पर्वको अवसरमा पुरुष, महिला भलिबल, आमा समूह स्तरीय नृत्य, पञ्जेबाजा, खुल्ला नृत्य, महिला लठो तान्ने र छेलो फाल्ने प्रतियोगिता आयोजना गरी तेस्रो वडा अध्यक्ष कप, प्रथम नेप्टेचौर कप खेलकुद प्रतियोगितामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा टिम अर्जुन घतान प्रथम भएको छ ।

Advertisement

त्यस्तै आयोजनक द्धितिय स्थान भयो भने, भेट्रान्स भलिबल प्रतियोगितामा राखु पिप्ले प्रथम, आयोजक द्धितीय स्थानमा चित्त बुझाएको छ । गाउँ स्तरीय यु २० भलिबलमा लिङकेज एजुकेशन बाग्लुङ प्रथम आयोजक द्धितीय भएका छन् ।
प्रतियोगितामा पुरुष भलिबलमा बिजेतालाई रु. एक लाख ११ हजार एक सय ११ र उपबिजेतालाई रु. ६६ हजार छ सय ६६ नगद पुरस्कारको साथै ट्रफी, मेडल र प्रमाणपत्रको प्रदान गरिएको क्लवका अध्यक्ष विपिन चोखालले बताउनुभयो ।

त्यस्तै २० वर्ष भन्दा कम उमेर समूहको भलिबल प्रतियोगिताको बिजेतालाई रु. ४५ हजार पाँच सय ५५ र उपबिजेतालाई रु. २५ हजार पाँच सय ५५ पुरस्कारको व्यवस्था गरिएको छ । भेट्रान्स भलिबलको बिजेतालाई रु. ८८ हजार आठ सय ८८ र उपबिजेतालाई रु. ५५ हजार पाँच सय ५५ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रको प्रदान गरिएको चोखालले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेट्रान्स भलिबलको बिजेतालाई रु. ८८ हजार आठ सय ८८ र उपबिजेतालाई रु. ५५ हजार पाँच सय ५५ पुरस्कारको वितरण गरिएको छ ।

उक्त प्रतियोगिताको समापन गर्दै वडा अध्यक्ष चक्र केसीले यस्ता प्रतियोगिताले यस वडाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको बताउनुभयो । त्यसका लागि पनि हामीले वडामा खेलकुद प्रतियोगिता गर्दै आएको बताउनुभयो ।
उक्त प्रतियोगितामा भएको सांस्कृतिक कार्यक्रममा सम्बोज मल्ल, रबी कार्की, चोलेन्द्र पौडेल, शान्तीश्री परियार, कृष्ण सुबेदी, अमित विश्वकर्मा, ध्रुब जिसी, माया गुरुङ, निश्चलराज चोखाल र गणेश चोखालको सांस्कृतिक प्रस्तु्ती रहेको थियो ।

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८२ आश्विन १५, बुधबार ०३:२७

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८२ आश्विन १५, बुधबार ०३:२७

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८२ आश्विन १५, बुधबार ०३:२७

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP