२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

३३ वडामा सकियो नेपाली कांग्रेस म्याग्दीको ‘सय दिने अभियान’

३३ वडामा नेपाली कांग्रेस म्याग्दीको सङ्गठन सुदृढ तथा साङ्गठनिक अभियान सञ्चालन गरेको छ। नेपाली कांग्रेसको सय दिने विशेष अभियान अन्तरगत बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिका भित्र अभियानलाई जारी राखेको हो । अभियानमा वडास्तरमा रहेका संरचनालाई चुस्त दुरुस्त गतिशील र क्रियाशील बनाउने, स्थानीयको समस्या तथा विभिन्न विषयमा केन्द्रित भएको जिल्ला कार्यसमितिका सचिव हिरा पुनले बताउनुभयो ।

Advertisement

‘यो महिनाभित्र वडास्तरको कार्यक्रम सकिन्छ,अभियानबाट आएका प्रतिवेदनपछि जिल्लास्तरी कार्यक्रम सुरु हुन्छ’ सचिव पुनले भन्नुभयो । वडास्तरको अभियानका लागि केन्द्रिय प्रतिनिधिको रुपमा सारदा पौडेललाई खटाइएको छ ।

पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारी सहित जिल्लास्तरीय नेता तथा जनप्रतिनिधिहरु अभियानमा खटिएका छन् । वडास्तरको अभियानपछि पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधि र जिल्लास्तरीय भेला तथा प्रशिक्षण गरिने छ ।

पार्टी र जनप्रतिनिधि बिचको सुमधुर सम्बन्ध, पार्टीलाई जनप्रतिनिधिबाट अपेक्षा, समुदायस्तरमा जनप्रतिनिधिको गुनासाहरूलाई समेत भेला तथा प्रशिक्षणमा प्रस्तुत गरिने छ । पार्टीले अभियान सकिएपछि बैठक राखेर त्यसमा छलफल गर्ने सभापति खमबहादुर गर्बुजाको भनाई छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP