२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

म्याग्दीका सहकारी प्रबन्धकहरुका लागि सा.सु कोषबारे अभिमुखीकरण

म्याग्दी ।
म्याग्दीमा रहेका सहकारीहरुका प्रबन्धकहरुलाई एक दिने सामाजिक सुरक्षा कोषको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।को–अपरेटिभ म्यानेजर्स क्लब (cmc) म्याग्दीले सहकारीका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागीता बनाउने उदेश्यले आयोजना गरेको कार्यक्रममा म्याग्दी र पर्वतको जलजला गाउँपालिका सहित २१ जनाको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रमा बोल्दै सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलका प्रमुख केदार पौडेल सहजिकरण गर्नुभएको थियो । उहाँले सहकारी संस्थामा कार्यरत कर्मचारीका लागि कोषको आवश्यकता, सदस्यता प्रक्रिया, योगदानको स्वरुप र त्यसबाट प्राप्त हुने सुविधाबारे विस्तृत जानकारी दिनुभएको थियो ।

त्यस्तै राष्ट्रिय सहकारी बैंक बाग्लुङ शाखा प्रमुख अमृत श्रेष्ठले सामाजिक सुरक्षा कोषमार्फत सहकारी कर्मचारीलाई सुरक्षित बनाउने प्रयास सकारात्मक बताउनुभयो ।म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले सहकारी संस्था स्थानीय आर्थिक विकासको मेरुदण्ड भएको भन्दै दिगोपनाका लागि कर्मचारी सुरक्षामा ध्यान दिनुपर्ने धारणा कुरामा जोड दिनुभयो ।

विजियादशमी २०८२ को अवसरमा शुभकामना आदानप्रदान सहित आयोजना गरिएको कार्यक्रमको अध्यक्षता लोकदीप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुबेदीको रहेको थियो भने संचालन मुक्तिनाथ सहकारीका सह–व्यवस्थापक हरिकृष्ण आचार्यले गर्नुभएको थियो ।

जिल्लामा रहेका स्थित सहकारी संस्थामा कार्यरत प्रबन्धकहरुको संगठित संस्था को–अपरेटिभ म्यानेजर्स क्लव म्याग्दीले विभिन्न नियकायहरु सँगको सहकार्यमा सहकारीको संस्थागत विकास, सहकारीका कर्मचारीहरुको क्षमता अभिवृद्धि, संचालकहरुको क्षमता अभिवृद्धि सहित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP