२०८१ माघ ४
January 17, 2025, Friday

रघुगंगाको १८ औं गाउँसभाबाट संसोधित बजेट पारित

म्याग्दीको रघुगंगा गाउँपालिकाले १८ औं गाउँसभा तथा हिउँदे अधिवेशन मार्फत चालु आर्थिक वर्षका लागि संसोधित बजेट पारित गरेको छ । गत असारमा सम्पन्न भएको १७ औं गाउँसभाबाट विनियोजन गरिएको बजेट तथा योजनाहरु संसोधित सहित पारित भएको हो ।

Advertisement

बिहिबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षका लागि चालु तर्फ ३६ करोड ९६ लाख ७ हजार रुपियाँ र पुँजीगत तर्फ ११ करोड ६९ लाख ३२ हजार रुपियाँ सहित कुल ४८ करोड ६५ लाख ३९ हजार रुपियाँ बराबरको संसोधित बजेट पारित गरेको हो ।

गत असारमा सम्पन्न गाउँसभा मार्फत विनियोजन भएका योजना तथा कार्यक्रमहरु प्राविधिक रुपमा कार्र्यान्वयन गर्न कठिनाई,परिमार्जन गरी प्रभावकारी बनाउन र कतिपय योजनामा बजेट अभाव हुँदा अधुरो हुने अवस्था भएकाले सिमित स्रोतसाधनहरुबाट प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्न सहज होस् भनेर योजना तथा बजेट संसोधन गरिएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले बताउनुभयो ।

गाउँसभामा पालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक वर्षको पुस २१ गते सम्म भएको भौतिक तथा वित्तिय प्रगति प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षमा चालु र पुँजीगत गरी ४८ करोड ६५ लाख ३९ हजार रुपियाँ बजेट विनियोजन गरिएकोमा १३ करोड २४ लाख ९८ हजार ६ सय ३४ रुपियाँ खर्च भएको सभामा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार चालु तर्फ १२ करोड ३ लाख ६८ हजार ९ सय ५१ र पुँजीगत तर्फ एक करोड २१ लाख २९ हजार ६ सय ८३ रुपियाँ गरी खर्च भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यो अवधिमा संघीय सरकारबाट समानिकरण अनुदान तर्फ ३ करोड ९१ लाख रुपियाँ,गण्डकी प्रदेश सरकार समानिकरण अनुदान तर्फ ४७ लाख २८ हजार पाँचसय रुपियाँ,संघीय सरकारको सशर्त अनुदान तर्फको १० करोड ८९ लाख ७२ हजार रुपियाँ,संघीय सरकार राजश्व बाँडफाँडबाट ३ करोड २८ हजार ६ सय ३० रुपियाँ गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँट तर्फको २६ लाख २१ हजार एकसय ९३ रुपियाँ,अन्तरिक स्रोत र गत आवको अल्या सहित ४ करोड ५ लाख ९२ हजार ६ सय ७१ रुपियाँ गरी जम्मा २२ करोड ६० लाख ४२ हजार ९ सय ९४ रुपियाँ परिचालन भएको पालिका अध्यक्ष भण्डारीले सभामा जानकारी गराउनुभएको थियो ।

गाउँसभामा पालिका अध्यक्ष भण्डारीले विकास निर्माणका योजनालाई तोकिएकै समयभित्र सम्पन्न गर्न योजना सम्झौता र कार्यान्वयनमा जुट्न कर्मचारी, वडाका जनप्रतिनिधि र उपभोक्ताहरूलाई अनुरोध गर्नुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरूको लागत स्टिमेट तयार गरी धमाधम योजना सम्झौताको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो । पालिकाले असारे विकासलाई निरुत्साहित गर्न वैशाख मसान्तभित्रै योजना सम्पन्न गर्ने उद्देश्य सहित बजेट कार्यान्वयनलाई तिव्रता दिइएको उहाँले बताउनुभयो ।

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८१ पुष २५, बिहीबार १२:३८

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८१ पुष २५, बिहीबार १२:३८

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८१ पुष २५, बिहीबार १२:३८

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP