Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

म्याग्दी महोत्सवको उद्घाटन गर्न देउवा आउने

यही पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको आठाैँ म्याग्दी महोत्सवको उद्घाटन गर्न नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आउनुहुने भएको छ ।

महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले पुष २८ गते पुर्व प्रधानमन्त्री देउवाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा म्याग्दीको सम्भावनालाई उदेश्यले आयोजना हुन लागेको महोत्सवको प्रमुख अतिथिको रुपमा देउवालाई निमन्त्रण दिईएको र महोत्सवलाई उद्घाटन गर्न आउने पक्का भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान ११ बजेदेखि बेनीमा विभिन्न जातजातीको पहिचान झल्कने झाँकी सहितको ¥याली पश्चात खुल्ला मञ्चमा देउवाले औपचारीक रुपमा महोत्सवको उद्घाटन गर्ने संघले जनाएको छ । यसैबिच महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक संकलन, प्रचार प्रसार, स्टल निर्माण लगायतको तयारीलाई तिव्रता दिएको छ । स्थानीय उत्पादनलाई निशुल्क प्रर्दशनीका लागि स्टलको व्यवस्था गरिएको महासचिव नारायण जिसीले जानकारी दिनुभयो ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP