निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) म्याग्दीको अध्यक्षमा केबी ऐकेडेमी दरवाङका हिराबहादुर पुन चयन हुनुभएको छ ।
सदरमुकाम बेनीमा भएको प्याब्सनको ११ औँ साधारणसभा तथा नौं अधिवेशनबाट केबी ऐकेडेमी दरवाङका सञ्चालक पुनको अध्यक्षतामा पुन नयाँ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा लिटिल गार्डेन एकाडमीका दिपक सुवेदी, सचिवमा म्याग्दी एकेडेमीका सन्दीप खत्री, सह सचिवमा बेनी बोर्डिङ्कका सनम बानियाँ, कोषाध्यक्षमा न्यू वेष्ट प्वाइन्ट आवासिय मावि बेनीका शैलेश श्रेष्ठ चयन हुनुभएको छ ।
त्यस्तै सदस्यमा बिरेन्द्र घर्ती मगर, पवित्र देवी आचार्य, सोम नेपाली र ईन्द्र बरुवाल चयन हुनुभएको हो । यस अघि भएको उद्घाटन सत्रमा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य नवराव श्रेष्ठले निजि विद्यालयले राज्यको शैक्षिक जनशक्ति उत्पादनमा उल्लेख्य भूमिका खेलेको भए पनि राज्यको तर्फबाट उचित सम्मान नभएको बताउनुभयो ।
कार्यक्रममा प्याब्सनका गण्डकी प्रदेश सभा सदस्य राजु केसी जिल्ला शिक्षा तथा समन्वय ईकाई म्याग्दीका प्रमुख विदुर चापागाई, बेनी नगरपालिका शिक्षा शाखाका उप सचिव हेमचन्द्र पौडेल, रमेश गिरी, बिष्णु रोका लगायतले शुभकामना मतव्य राखेका थिए ।
उद्घाटन कार्यक्रम अध्यक्ष पुनको अध्यक्षता याम थापाको स्वागत तथा दिपक सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...
धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...
म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...