२०८३ श्रावण ८
July 24, 2026, Friday

प्याब्सन म्याग्दीको अध्यक्षमा पुन : हिरा पुन

निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) म्याग्दीको अध्यक्षमा केबी ऐकेडेमी दरवाङका हिराबहादुर पुन चयन हुनुभएको छ ।

Advertisement

सदरमुकाम बेनीमा भएको प्याब्सनको ११ औँ साधारणसभा तथा नौं अधिवेशनबाट केबी ऐकेडेमी दरवाङका सञ्चालक पुनको अध्यक्षतामा पुन नयाँ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा लिटिल गार्डेन एकाडमीका दिपक सुवेदी, सचिवमा म्याग्दी एकेडेमीका सन्दीप खत्री, सह सचिवमा बेनी बोर्डिङ्कका सनम बानियाँ, कोषाध्यक्षमा न्यू वेष्ट प्वाइन्ट आवासिय मावि बेनीका शैलेश श्रेष्ठ चयन हुनुभएको छ ।

त्यस्तै सदस्यमा बिरेन्द्र घर्ती मगर, पवित्र देवी आचार्य, सोम नेपाली र ईन्द्र बरुवाल चयन हुनुभएको हो । यस अघि भएको उद्घाटन सत्रमा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य नवराव श्रेष्ठले निजि विद्यालयले राज्यको शैक्षिक जनशक्ति उत्पादनमा उल्लेख्य भूमिका खेलेको भए पनि राज्यको तर्फबाट उचित सम्मान नभएको बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका गण्डकी प्रदेश सभा सदस्य राजु केसी जिल्ला शिक्षा तथा समन्वय ईकाई म्याग्दीका प्रमुख विदुर चापागाई, बेनी नगरपालिका शिक्षा शाखाका उप सचिव हेमचन्द्र पौडेल, रमेश गिरी, बिष्णु रोका लगायतले शुभकामना मतव्य राखेका थिए ।
उद्घाटन कार्यक्रम अध्यक्ष पुनको अध्यक्षता याम थापाको स्वागत तथा दिपक सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP