‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजना र नवीन आनन्द योग केन्द्र नेपाल, म्याग्दीको समन्वयमा एक समारोहको आयोजना गरी योग दिवस मनाइएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्वस्थ जीवनयापनको लागि योग अति आवश्यक रहेको बताउनुभयो । उहाँले मानव जीवन तथा दैनिक कार्यसम्पादनमा योग महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा योगलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । योगको बढोत्तरी आवश्यक रहेकाले समयको पालना, अनुशासन र आहारविहारमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
सोही कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदीले मानसिक र शारिरीक स्वास्थ्यका लागि नियमित रुपमा योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका प्रमुख आयुर्वेद चिकित्सक डाक्टर कमलराज अधिकारीले पछिल्लो समय शारिरीक श्रमको कमी, नियमित व्यायाम नगर्नु र खानपानमा ध्यान नदिँदा नसर्ने रोगहरुको जोखिम बढेकाले नियमित योगलगायत कार्यहरु गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नवीन आनन्द योग केन्द्रका योग सादगी सन्दीप खत्री र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख अधिकारीको अध्यक्षता र कविराज निरीक्षक दामोदर शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा वैद्य निरीक्षक प्रेमप्रसाद गौतमले स्वागत गर्नुभएको थियो ।
म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भरत श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यको विशेष उपस्थिति रहेको कार्यक्रममा योगको अभ्यास, यसका विधि र तरिकाहरुको प्रयोगात्मक अभ्यासको साथमा योग सादगीहरुबाट गीतसङ्गीत र नृत्य प्रस्तुतहरु भएको थियो । म्याग्दीको सदरमुका बेनीबजार, तातोपानी, दरबाङलगायत क्षेत्रमा नियमित रुपमा योगसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।
वि.सं. २०७२ साल साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । यसअघि २०३६ सालदेखि उत्तरायण सुरू हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा योग दिवस मनाउन थालिएको थियो । स्वास्थ्यलाभ र मानसिक शान्तिका लागि योग अभ्यास गर्नेहरुको सङ्ख्या अहिले दिनप्रतिदिन बढ्दै जान थालेको छ ।
परापूर्वकालमा पनि योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमको रूपमा लिने गरिन्थ्यो । तर, समयको क्रमसँगै योगलाई विज्ञानको रुपमा मान्न थालिएको छ । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपन जस्ता दीर्घ रोगहरुबाट बच्न सहयोग पु¥याउने योगका जानकारहरु बताउँछन् । योग गर्दा सम्पूर्ण शरिरको रगत सञ्चालन सक्रियसँगै शरिरका बिकारहरु क्रमशः हट्दै जान्छ । नियमित योगाभ्यास गर्नाले शरिरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँठाउँमा योग शिविर तथा कक्षाहरु सञ्चालन भैरहेका छन् ।
म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...
पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...
राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...