Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय पुख्यौंली नाच प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका(८, काफलडाँडा पुख्यौली समूह दोस्रो बनेको छ ।

Advertisement

बिजेता र उपविजेतालाई मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र नेपाल मगर संघ, म्याग्दीका अध्यक्ष लोकश पुन मगरले पुरस्कार वितरण गर्नुभएको संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक लिलाराम गौतमले जानकारी दिनुभयो ।

Advertisement

विजेता र उपविजेतालाई क्रमशः ३५ हजार १ सय र २० हजार १ सय नगद, प्रमाणपत्र तथा सहभागी सबै समूहलाई ८ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघको आयोजना र नेपाल मगर संघको सह–आयोजनामा जारी महोत्सवमा म्याग्दी जिल्लामा रहेका मगर समुदायहरुले प्रतियोगितामा भाग लिएका थिए।

मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि प्रतियोगिताको आयोजना गरिएको पुख्यौंली नाच प्रतियोगिताका संयोजक गौतमले बताउनुभयो ।नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा आफ्नो वडा विजय भएपछि वडा अध्यक्ष देबेन्द्र रोकाले बताउनुभयो । आगामी वर्षको नीति तथा कार्यक्रममा कला संस्कृति र सांस्कृतिक क्षेत्रलाई प्राथमिकता राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवद्र्धन र प्रचारप्रसारका लागि समेत थप योजना बनाउने वडा अध्यक्ष रोकाको भनाई छ । म्याग्दीको थाली र पुख्यौली नाच सांस्कृतिक पहिचानको रुपमा चिनिन्छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP