२०८२ बैशाख ४
April 17, 2025, Thursday

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय पुख्यौंली नाच प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका(८, काफलडाँडा पुख्यौली समूह दोस्रो बनेको छ ।

Advertisement

बिजेता र उपविजेतालाई मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र नेपाल मगर संघ, म्याग्दीका अध्यक्ष लोकश पुन मगरले पुरस्कार वितरण गर्नुभएको संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक लिलाराम गौतमले जानकारी दिनुभयो ।

Advertisement

विजेता र उपविजेतालाई क्रमशः ३५ हजार १ सय र २० हजार १ सय नगद, प्रमाणपत्र तथा सहभागी सबै समूहलाई ८ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघको आयोजना र नेपाल मगर संघको सह–आयोजनामा जारी महोत्सवमा म्याग्दी जिल्लामा रहेका मगर समुदायहरुले प्रतियोगितामा भाग लिएका थिए।

मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि प्रतियोगिताको आयोजना गरिएको पुख्यौंली नाच प्रतियोगिताका संयोजक गौतमले बताउनुभयो ।नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा आफ्नो वडा विजय भएपछि वडा अध्यक्ष देबेन्द्र रोकाले बताउनुभयो । आगामी वर्षको नीति तथा कार्यक्रममा कला संस्कृति र सांस्कृतिक क्षेत्रलाई प्राथमिकता राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवद्र्धन र प्रचारप्रसारका लागि समेत थप योजना बनाउने वडा अध्यक्ष रोकाको भनाई छ । म्याग्दीको थाली र पुख्यौली नाच सांस्कृतिक पहिचानको रुपमा चिनिन्छ ।

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ माघ ३, बिहीबार ०४:०६

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ माघ ३, बिहीबार ०४:०६

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०८१ माघ ३, बिहीबार ०४:०६

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP