२०८३ बैशाख २२
May 5, 2026, Tuesday

सहयोग जुटाएर स्वास्थ्य चौकीमा कोठा थप

म्याग्दीको बेनी नगरपालिका–९ घतानमा सहयोग जुटार घतान स्वास्थ्य चौकीमा तला थप गरिएको छ । स्वास्थ्य चौकीमा आउने विरामीहरुलाई राख्न र उपाचार गर्न समस्या भएपछि सहयोग जुटाएर स्वास्थ्य चौकीमा दुई वटा कोठा थप गरिएको हो ।

Advertisement

कोभिड १९ को महामारीको समयमा देश तथा विदेशमा रहेका घतानबासीले समस्यामा परेकाहरुका लागि भनेर संकलन गरेको रकम मध्ये रु २ लाख ६० हजार रुपैयाँबाट सुरु गरिएको उक्त स्वास्थ्य चौकीको कोठा बनाउन विभिन्न संघसंस्थाको ९ लाख २४ हजार सहयोग भएकोे कोभिड समन्व्य समितिका संयोजक बेल बहादुर चोखालले जानकारी दिनुभयो । उक्त कोठाको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ ।

Advertisement

चोखालका अनुसार उक्त भवनको तला थप गर्न जिल्ला समन्वय समिति म्याग्दीले ५ लाख, गलेश्वर शिवालय क्षेत्र विकास कोषले १ लाख, गलेश्वर ठूलो सल्लेरी वन उपभोक्ता समिति दश शहजार, सानो सल्लेरी सावउस दश हजार, बन्चेरे सावउस दश हजार, लक्ष्मी नारायण ढल्के ढुङ्गा र पटरे सामुदायिक वन उपभोक्ता समितिले आठ÷आठ हजार, तुसार पानी र घोर्लास सामुदायिक वन उपभोक्ता समितिले सात र पाँच हजार सहयोग गरेका छन् ।

घतानबासीलाई आर्थिक अभावले उपचारमा समस्या नओस भनेर हामीले त्यो समयमा आर्थिक संकलन अभियान सुरु गरेका थियौ पैसा पनि राम्रो संकलन भयो आर्थिक उप समितिका संयोजक गणेश बहादुर बानियाँले भन्नुभयो,–हामीले खर्च गरेर बाँकी रहेको रकमको कोष बनाईने बताउनुभयो ।

बाँकी रहेको करिब १५ लाख रुपैयाँ अहिले वडा अध्यक्षको संयोजकत्वमा एउटा समिति बनाएर त्यसलाई संस्थाष्गत गरी वडामा विपद कोषको स्थापना गर्ने गरी कार्य भएको र संस्था दर्ताका लागि विधान तयार गर्न लागिएको वडा अध्यक्ष चक्र बहादुर केसीले जानकारी दिनुभयो ।

भवनको उद्घाटन तथा सहयोगदातालाई सम्मान कार्यक्रममा जिल्ला समन्वय प्रमुख थापाले अहिले पनि ५० प्रतिशत लगानी गर्ने गरी केही रकम बाँकी रहेको र वडामा आवश्यक परेको र वडाले आधा लगानी गर्ने गरी कुनै योजना लिएमा सहयोग गर्ने बताउनुभयो । उहाँले साझेदारीमा काम गर्न सकिने भन्दै त्यसका लागि वडाबाट प्रस्तावको माग समेत गर्नुभयो । बेनी नगरपालिका प्रमुख सुरत केसीले बेनी नगरपालिको स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको र स्वास्थ्य चौकीमा आवश्यक पर्ने सहयोग नगरपालिकाले गर्ने बताउनुभयो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले सामाजिक उत्तरदाहित्वमा रहेर स्वास्थ्य चौकीलाई सहयोग गरेको बताउदै चौकीमा डिजिटल वोर्ड राख्नका लागि सहयोग गर्ने बताउनुभयो । उक्त कार्यक्रममा सहयोगदातालाई सम्मान गरिएको थियो । संयोजक चोखालको अध्यक्षता, आर्थिक संकलन संयोजक बानियाँको स्वागत र घतान स्वास्थ्य चौकीकी प्रमुख जमुना शर्मा सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ माघ ६, आईतवार १३:४६

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ माघ ६, आईतवार १३:४६

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ माघ ६, आईतवार १३:४६

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP