२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

नेपाल सरकारले निजी क्षेत्रको बषौंदेखिको समस्या समाधान गरेको छ ः अध्यक्ष ढकाल

नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि अहिलेसम्मकै उत्कृष्ट काम गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । आर्थिक अवस्था खुम्चिएको अवस्थामा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न कानुन संशोधन गरी सहज वतावरण बनाएको बताए । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सञ्चालित आठौं संस्करणको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको मंगलबार समापन कार्यक्रमका प्रमुख अतिथि ढकालले नेपालमा लगानीको प्रसस्तै सम्भावनालाई आर्थिक नितिले समेत थप बल पुगेको बताए ।

Advertisement

नेपाल सरकारले कानुनमा देखिएका समस्या समाधान गरेको अवस्थामा अब पनि लगानीमैत्री वातावरण छैन भन्नु गलत भएको अध्यक्ष ढकालको भनाई छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि समावेश गर्ने प्रावधान हटाएर सरकारले ब्यवसायीलाई लगानीमैत्री वातावरण बनाएको दाबी गरे ।

Advertisement

बर्तमान सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधारर भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा निजी क्षेत्रसँग जोडिएका क्षेत्रका लागि स्वर्णिम अवसर भएको बताएका थिए ।

म्याग्दी महोत्सवको समापनमा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ,जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले शान्त र उत्साहजनक उपस्थितीमा सम्पन्न भएको बताए । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुलामञ्चमा गत पुस २८ देखि माघ ८ गतेसम्म १० दिनसम्म चलेको महोत्सवमा करिब १० करोडको कारोबार र १ लाख दर्शकले प्रत्यक्ष, अप्रत्यक्ष अवलोकन गरेको जनाइएको छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८१ माघ ९, बुधबार ०३:५३

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८१ माघ ९, बुधबार ०३:५३

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८१ माघ ९, बुधबार ०३:५३

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP