२०८३ असार ४
June 18, 2026, Thursday

नेपाल सरकारले निजी क्षेत्रको बषौंदेखिको समस्या समाधान गरेको छ ः अध्यक्ष ढकाल

नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि अहिलेसम्मकै उत्कृष्ट काम गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । आर्थिक अवस्था खुम्चिएको अवस्थामा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न कानुन संशोधन गरी सहज वतावरण बनाएको बताए । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सञ्चालित आठौं संस्करणको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको मंगलबार समापन कार्यक्रमका प्रमुख अतिथि ढकालले नेपालमा लगानीको प्रसस्तै सम्भावनालाई आर्थिक नितिले समेत थप बल पुगेको बताए ।

Advertisement

नेपाल सरकारले कानुनमा देखिएका समस्या समाधान गरेको अवस्थामा अब पनि लगानीमैत्री वातावरण छैन भन्नु गलत भएको अध्यक्ष ढकालको भनाई छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि समावेश गर्ने प्रावधान हटाएर सरकारले ब्यवसायीलाई लगानीमैत्री वातावरण बनाएको दाबी गरे ।

Advertisement

बर्तमान सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधारर भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा निजी क्षेत्रसँग जोडिएका क्षेत्रका लागि स्वर्णिम अवसर भएको बताएका थिए ।

म्याग्दी महोत्सवको समापनमा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ,जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले शान्त र उत्साहजनक उपस्थितीमा सम्पन्न भएको बताए । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुलामञ्चमा गत पुस २८ देखि माघ ८ गतेसम्म १० दिनसम्म चलेको महोत्सवमा करिब १० करोडको कारोबार र १ लाख दर्शकले प्रत्यक्ष, अप्रत्यक्ष अवलोकन गरेको जनाइएको छ ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP