२०८३ मंसिर ९
November 25, 2026, Wednesday

धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार सहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण (तस्विरहरु)

जनकल्याण माध्यमिक विद्यालय पुलाचौरमा स्थापित धनेश्वरी–तारानाथ स्मृति कोषको आयोजनामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । स्मृति कोषको आयोजना र जनकल्याण मावि पुलाचौरको सहआयोजनामा शुक्रवार एक समारोहबीच विभिन्न स्रष्टा, संस्था र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

हरेक वर्ष विभिन्न विधातर्फ स्रष्टा र व्यक्तिहरु छनोट गरी सम्मान तथा पुरस्कृत गर्दै आइरहेको स्मृति कोषले यसवर्ष पनि साहित्यकार, पत्रकार तथा उत्कृष्ट अङ्कसहित विभिन्न तहको परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ । यसवर्ष नगद एकलाख रुपैयाँ पुरस्कार राशीसहित दोसल्ला र कदरपत्रले जिल्लाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार एवं पूर्व शिक्षक अजयमिलन श्रेष्ठलाई सम्मान गरिएको छ । 

यसैगरी साहित्यको क्षेत्रमा योगदान पु¥याउनुहुने पूर्व राष्ट्रसेवक कर्मचारी समेत रहनुभएका पौलस्त्य साहित्य समाज म्याग्दीका निवर्तमान अध्यक्ष कृष्णबहादुर बानियाँलाई नगद दशहजार रुपैयाँसहित दोसल्ला र कदरपत्र तथा पत्रकारिताको माध्यमबाट जिल्लाको शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा योगदान पु¥याएकोमा पत्रकार राकेश शर्मालाई पनि नगद दशहजार, दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ । त्यस्तै म्याग्दी बहमुखी क्याम्पसका सह–प्राध्यापक रेखाकौशल रेग्मीलाई कदरपत्रले सम्मान गरिएको थियो । 

स्मृति कोषमार्फत पुलाचौरमा हुने विभिन्न कार्यक्रममा विशेष योगदान पु¥याएको भन्दै शिवालय आमा समूहलाई नगद दशहजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । गएको वर्ष सम्पन्न एसइईमा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने मुस्कान बानियाँ, साधना विक र देवशा परियारलाई क्रमशः नगद १५÷१५ हजार तथा सातहजार पाँचसय रुपैयाँको साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको छ । त्यसैगरी एसइईमै जडभरत शालग्राम गण्डकी संस्कृत मावि गलेश्वरबाट प्रथम हुने स्वरुप रिजाललाई नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । 

यसअघि विद्यालयमा आयोजित निबन्धलेखन प्रतियोगितामा प्रथम हुने आयुष रामदाम, द्वितीय दिपिका श्रेष्ठ र तृतीय रसिक श्रेष्ठलाई क्रमशः दुईहजार पाँचसय, दुईहजार, एकहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको स्मृति कोषले जानकारी दिएको छ । सोही अवसरमा जनकल्याण मावि अक्षयकोषबाट कक्षा ११ का ६ जना र कक्षा १२ का ३ जना विद्यार्थीलाई स्टेशनरी तथा पोशाक वितरण गरिएको छ भने विद्यालयमा सञ्चालित दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई स्टेशनरीले पुरस्कृत गरिएको थियो । विद्यालयमा अध्ययनरत स्वर्गीय भक्तविर विकको छोरा कक्षा ९ का अजय रामदाम र कक्षा १० की मैना रामदामलाई अक्षयकोषबाट जनही दुईहजार रुपैयाँसहित स्टेशनरी प्रदान गरिएको विद्यालयका शिक्षक शान्ति शर्माले जानकारी दिनुभयो । 

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर चापागाईँले उद्घाटन गर्नुभएको कार्यक्रममा बेनी नगरपालिका–५ नम्बर वडाका वडा सदस्य देवीदत्त पौडेल, म्याग्दी बहमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु), सम्मानित व्यक्तित्व कृष्णबहादुर बानियाँ, विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँ, प्रधानाध्यापक कमलप्रसाद पौडेल, स्मृति कोषका कोषाध्यक्ष मित्रलाल रेग्मी र सम्मानित विद्यार्थी स्वरुप रिजालले मन्तव्य व्यक्त गर्नुभएको थियो । 


कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, धनेश्वरी–तारानाथ स्मृति कोषका सचिव माधवप्रसाद रेग्मीको स्वागत र विद्यालयका शिक्षक शान्ति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा अभिभावकद्वय टिका किसान र अस्मिता परियारले सन्देशमूलक गीत गाउनुभएको थियो भने विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । 

Advertisement

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १३, शुक्रबार १:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP
Click to listen highlighted text!
<