२०८२ बैशाख ४
April 17, 2025, Thursday

गायक घिमिरेको रोईला गीत ‘धन्नै घरको गाल खाईन’ सार्वजनिक


म्याग्दी । म्याग्दीका लोक दोहोरी गायक देवेन्द्र घिमिरेको रोईला गीत धन्नै घरको गाल खाईन सार्वजनिक भएको छ ।
गायक घिमिरे र गायीका पार्वती जिसीको आवाजमा रहेको गीतमा धु्रव जिसीको लय र अमित विश्वकर्माको शब्द सृजना रहेको छ । गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको हो ।

Advertisement


धु्रव जिसी, नकुल ढकाल युटुव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोको छायाँकन तथा सम्पादन किरण कार्कीले गर्नुभएको हो ।

Advertisement


म्याग्दीको बेनी नगरपालिका वडा नम्वर २ वगरफाँट, बेनपा ७ महारानीथान लगायतका स्थानहरुमा छायाँकन गरिएको गीतमा मोडल निशा वुदुजा र मोहित परियारको नृत्य तथा अभिनय रहेको छ भने नारायण पौडेलको कमेडी रहेको छ ।
माया पिरतीमा आधारित रोईला गीतको भिडियो निर्देशन सुनिल बानियाँले गर्नुभएको हो ।


गीतले श्रोता दर्शकको माया बटुल्दै गएको छ । नेपाली लोक दोहोरी गीतको क्षेत्रमा क्रियाशिल गायक घिमिरे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।


प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका जिसीले मौलिकतालाई जोगाउनका लागि रोईला गीत सृजना गरिएको बताउनुभयो ।

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ माघ १४, सोमबार १५:१२

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ माघ १४, सोमबार १५:१२

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०८१ माघ १४, सोमबार १५:१२

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP