२०८३ आश्विन १
September 17, 2026, Thursday

गायक घिमिरेको रोईला गीत ‘धन्नै घरको गाल खाईन’ सार्वजनिक


म्याग्दी । म्याग्दीका लोक दोहोरी गायक देवेन्द्र घिमिरेको रोईला गीत धन्नै घरको गाल खाईन सार्वजनिक भएको छ ।
गायक घिमिरे र गायीका पार्वती जिसीको आवाजमा रहेको गीतमा धु्रव जिसीको लय र अमित विश्वकर्माको शब्द सृजना रहेको छ । गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको हो ।

Advertisement


धु्रव जिसी, नकुल ढकाल युटुव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोको छायाँकन तथा सम्पादन किरण कार्कीले गर्नुभएको हो ।


म्याग्दीको बेनी नगरपालिका वडा नम्वर २ वगरफाँट, बेनपा ७ महारानीथान लगायतका स्थानहरुमा छायाँकन गरिएको गीतमा मोडल निशा वुदुजा र मोहित परियारको नृत्य तथा अभिनय रहेको छ भने नारायण पौडेलको कमेडी रहेको छ ।
माया पिरतीमा आधारित रोईला गीतको भिडियो निर्देशन सुनिल बानियाँले गर्नुभएको हो ।


गीतले श्रोता दर्शकको माया बटुल्दै गएको छ । नेपाली लोक दोहोरी गीतको क्षेत्रमा क्रियाशिल गायक घिमिरे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।


प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका जिसीले मौलिकतालाई जोगाउनका लागि रोईला गीत सृजना गरिएको बताउनुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP