२०८३ आश्विन १
September 17, 2026, Thursday

१३ औं वेनी बोर्डिङ कप फुटवल प्रतियोगिता सुरु

म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोडिङ सेकेण्डरी स्कुलको आयोजनामा मंगलबारदेखि ज्ञानीराजा मल्ल स्मृति ‘१३ औं बेनी बोर्डिङ कप २०८१’ प्रतियोगिता सुरु भएको छ । विद्यालयको प्राङगणमा फुटबल प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रमुख रेफ्री पुरन छन्त्यालललाई बल हस्तान्त्रणगरी खेलको शुभारम्भ गर्नुभएको हो ।

Advertisement

अन्तर आधारभुत तह (कक्षा १–८) मुनीका विद्यालयहरु सहभागी हुन पाईने प्रतियोगितात्मक खेलहरु भने वुधवारदेखी बेनीको खुल्ला मञ्चमा संञ्चालन हुने विद्यालयले जानकारी दिएको छ ।

प्रतियोगितामा विभिन्न १५ विद्यालयले सहभागीता जनएको प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार नगदसहित कप, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले २० हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले विद्यालय स्तरमा हुने खेलकुद प्रतियोगिताहरुले विद्यार्थीको पढाई संगै खेल क्षेत्रमा रुचि बढ्ने बताउनुभयो ।

त्यस्तै जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले बेनी बोर्डिङ कपले सानै उमेरमा खेल क्षेत्रमा विद्यार्थीलाई आकर्षण गरेको बताउनुभयो । कार्यक्रममा प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुन,जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख भरत श्रेष्ठ, म्याग्दी जेसिजका अध्यक्ष विनोद घर्ति लगायतको उपस्थिती रहेको थियो । कक्षा दशमा अध्यनरत छात्रा समृद्धि श्रेष्ठको स्वागत, विद्यालय संचालक रेशम बानियाँको अध्यक्षता भएको कार्यक्रमको संचालक शिक्षक विशाल खत्रीले गर्नुभएको थियो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP