नेकपा एमाले म्याग्दीले माघ २५ देखी बैशाख २० गतेसम्म तीन महिने वडा÷पालिका तहमा पार्टी कार्यकर्ता प्रशिक्षण, सदस्यता नविकरण तथा विस्तार अभियान चलाउने भएको छ ।
एमाले म्याग्दीले मंगलवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलन गरी अभियान बारे जानकारी गराएको हो ।
एमाले जिल्ला अध्यक्ष वालकृष्ण सुवेदीका अनुसार माघ २५ र २६ गते प्रदेश निर्वाचन क्षेत्र क र ख को वैठक गर्ने, फागुन ३ गते सवै पालिका कमिटीको बैठक गर्ने, फागुन १७ गते भित्र सवै वडामा कार्यकर्ता भेला, प्रशिक्षण गर्ने र चैत ३० गते भित्र सवै पालिका कमिटिहरुको प्रतिनिधी परिषद वैठक गरिने भएको छ ।
पक्रकार सम्मेलनमा बताईए अनुसार मिसन ८४ अन्र्तगत एमालेलाई निर्णायक राष्ट्रिय शत्ति बनाउने लक्ष्य सहित दोस्रो चरणको वस्ती तहको अभियानमा निक्लेको एमाललेले दावी गरेको छ । अध्यक्ष सुवेदीका अनुसार पार्टी सदस्यता विवरणलाई पूर्ण डिजिटलाईजेसन गरेको एमालेले फागुन २१ गते ‘सवै पार्टी सदस्य आ–आफ्नो वडा जाऔं, सदस्यता नविकरण गराऔं’ नारा सहित हरेक पार्टी सदस्यको प्रत्यक्ष उपस्थितिमा मोवाईल एपबाट सदस्यता अध्यावधि गराउने योजना बनाएको छ ।
‘एमालेले ०८१ माघ २५ देखी ०८२ वैशाख २० गतेसम्म संगठन विस्तार, सदस्यता नविकरण, विस्तार, जनताकोमा घरदैलो गर्नुको साथै एमालेबाट विजयी जनप्रतिनिधीले सम्पादन गरेका कामको जनताबाट प्रतिकृया लिने र वडा तहमा पार्टी संगठन बाहेक संसदीय संयन्क्रलाई सत्रिय र प्रभावकारी बनाउने उद्देश्य राखेका छौं’ पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘वडा, टोल भेला तथा आगामी नेतृत्वकालागी संभावना र क्षमतावान युवा नेतृत्वको खोजी, प्रशिक्षण र क्षमता अभिवृद्धि गराईने छ ।’
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज भुपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश सचिवालय सदस्य हरीकृष्ण श्रेष्ठ, प्रदेश सदस्य सुरत केसी समेत उपस्थित रहेको थियो ।
जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका...
१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...
म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न...