२०८३ असार २६
July 10, 2026, Friday

एमाले म्याग्दीले तीन महिने अभियान सञ्चालन गर्दै

नेकपा एमाले म्याग्दीले माघ २५ देखी बैशाख २० गतेसम्म तीन महिने वडा÷पालिका तहमा पार्टी कार्यकर्ता प्रशिक्षण, सदस्यता नविकरण तथा विस्तार अभियान चलाउने भएको छ ।
एमाले म्याग्दीले मंगलवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलन गरी अभियान बारे जानकारी गराएको हो ।
एमाले जिल्ला अध्यक्ष वालकृष्ण सुवेदीका अनुसार माघ २५ र २६ गते प्रदेश निर्वाचन क्षेत्र क र ख को वैठक गर्ने, फागुन ३ गते सवै पालिका कमिटीको बैठक गर्ने, फागुन १७ गते भित्र सवै वडामा कार्यकर्ता भेला, प्रशिक्षण गर्ने र चैत ३० गते भित्र सवै पालिका कमिटिहरुको प्रतिनिधी परिषद वैठक गरिने भएको छ ।
पक्रकार सम्मेलनमा बताईए अनुसार मिसन ८४ अन्र्तगत एमालेलाई निर्णायक राष्ट्रिय शत्ति बनाउने लक्ष्य सहित दोस्रो चरणको वस्ती तहको अभियानमा निक्लेको एमाललेले दावी गरेको छ । अध्यक्ष सुवेदीका अनुसार पार्टी सदस्यता विवरणलाई पूर्ण डिजिटलाईजेसन गरेको एमालेले फागुन २१ गते ‘सवै पार्टी सदस्य आ–आफ्नो वडा जाऔं, सदस्यता नविकरण गराऔं’ नारा सहित हरेक पार्टी सदस्यको प्रत्यक्ष उपस्थितिमा मोवाईल एपबाट सदस्यता अध्यावधि गराउने योजना बनाएको छ ।
‘एमालेले ०८१ माघ २५ देखी ०८२ वैशाख २० गतेसम्म संगठन विस्तार, सदस्यता नविकरण, विस्तार, जनताकोमा घरदैलो गर्नुको साथै एमालेबाट विजयी जनप्रतिनिधीले सम्पादन गरेका कामको जनताबाट प्रतिकृया लिने र वडा तहमा पार्टी संगठन बाहेक संसदीय संयन्क्रलाई सत्रिय र प्रभावकारी बनाउने उद्देश्य राखेका छौं’ पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘वडा, टोल भेला तथा आगामी नेतृत्वकालागी संभावना र क्षमतावान युवा नेतृत्वको खोजी, प्रशिक्षण र क्षमता अभिवृद्धि गराईने छ ।’
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज भुपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश सचिवालय सदस्य हरीकृष्ण श्रेष्ठ, प्रदेश सदस्य सुरत केसी समेत उपस्थित रहेको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP