Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

म्याग्दीमा फागुन ७ देखि तरुण कप भलिबल प्रतियोगिता २०८१ हुदै

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा नेपाल तरुण कप भलिबल प्रतियोगिता २०८१आयोजना हुने भएको छ । नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिताका बारेमा जानकारी दिईएको हो ।

Advertisement

म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ७,८ र ९ गते मालिका गाउँपालिकाको वडा नं. ६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवम् अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४,१५ र १६ गते अन्नपूर्ण गाउँपालिकाको वडा नं. ४ नारच्याङ्कमा आयोजना गरिने तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले जानकारी दिनुभयो ।

Advertisement

त्यस्तै दुबै पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले रु १ लाख ११ हजर १११, ट्रफी मेडल र प्रमाण पत्र, द्धितिय हुनेले रु ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यस्तै महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले रु ७७ हजार ७७७ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

म्याग्दीमा भलिबलको लोकप्रियता भएका करण खेल मार्फत भलिबलको संरक्षण, सम्बद्र्धन र विकासमा टेवा पुराउने, खेल प्रतिभाको विकास गरी युवा शक्तीलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरण प्रदान गर्ने उदेश्यले यो प्रतियोगिता आयोजना गरिएको तरुण दलका कार्यबाहक अध्यक्ष श्री प्रसाद रोकाले जानकारी दिनुभयो । उहाँले तरुण दलले पहिला पनि यस्ता कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । म्याग्दी जिल्लामा भलिबल क्षेत्रमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भएको संगै जिल्लाको खेल क्षेत्रको विकासमा टेवा पराउने उदेश्य रहेको रोकाको भनाई छ ।

कार्यक्रमको उद्घाटनमा प्रदेश तथा केन्द्रिय मन्त्रीहरुलाई निमन्त्राणा गरी जिल्लाको अन्य विकासमा समेत सहयोग पुग्ने गरी कार्यक्रम तय भएको काबा अध्यक्ष रोकाले बताउनुभयो । १५ लाख ५० हजारको खर्च अनुमान गरिएको प्रतियोगितामा दर्ता शुल्क पुरुषको ६ हजार र महिलाको ४ हजार राखिएको तरुण दलका कोषाध्यक्ष पदम छन्त्यालले जानकरी दिनुभयो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको सांस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP