२०८२ बैशाख ४
April 17, 2025, Thursday

सहकारीको रकम हिनामिनाको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ


म्याग्दीको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहकारी ठगीको आरोपमा पक्राउ पर्नुभएको छ । जिल्लामा संचालनमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले आईतबार बिहान प्रक्राउ गरेको हो ।

Advertisement

थापा सहकारीको पूर्व सञ्चालक समितिको उपाध्यक्ष समेत हुनुहुन्छ । सहकारीको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार थप अनुसन्धान सुरु गरिएको छ ।

Advertisement

प्रमुख थापा सहित अन्य सहकारीका व्यक्तीहरु माथि पनि उजुरी परेको प्रहरी जनाएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्षअघि गरेको छानविन प्रतिवेदनमा थापाको समूहले सहकारीको करिब डेढ अर्ब रुपियाँ हिनामिना भएको उल्लेख छ ।

सहकारीमा रहेको सर्वसाधारणको बचत रकम तत्कालीन सहकारीका सञ्चालकहरुले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोकाले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर सहकारी रकम छानविनका लागि समेत माग गर्नुभएको थियो ।

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ माघ २०, आईतवार ०८:३१

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ माघ २०, आईतवार ०८:३१

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०८१ माघ २०, आईतवार ०८:३१

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP