२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

कुमारी सहकारीको रकम हिनामिनाको आरोपमा ५ जना पक्राउ

म्याग्दीको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित सहकारीको रकम हिनामिना गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा संचालनमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले आईतबार बिहान उनीहरुलाई प्रक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा प्रमुख थापा सहित रघुगंगा गाउाँपालिका ५ झिँका मनप्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका थमबहादुर गर्बुजा, बेनी नगरपालिका–१ रत्नेचौरकी देवि कुमारी थापा र पर्वत जलजला गाउँपालिका लेकफाँटका रुद्र बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

Advertisement

सहरकारी रजिष्टारको कार्यालय पोखराको पत्रमा जाहेरीका आधारमा बचत कर्ताका बचत रकम हिनामिना गरेको आरोपमा सहकारी ऐन, २०७४ अन्तर्गत परिभाषित कससरमा अनुसन्धान तता तहकिकातको सिलसिलामा सहकारीका संस्थाका व्यवस्थापक संचालक समितिका पदाधिकारीलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई जिल्ला अदालत म्याग्दीबाट पक्राउ पुर्जी जारी भई नियन्त्रणमा समेत लिईएको छ । सहकारीमा रहेको सर्वसाधारणको बचत रकम तत्कालीन सहकारीका सञ्चालकहरुले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोकाले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर सहकारी रकम छानविनका लागि समेत माग गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP