अहिलेको सरकारले गरेका भ्रष्टचारका विरुद्धमा माओवादीको अहिले देशव्यापी रुपमा खबरदारीका कार्यक्रमहरु आयोजना गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।
सोमबार म्याग्दीको बेनीमा आयोजना भएको खबरदारी सभामा उहाँले पार्टीले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा देश व्यापीरुपमा जागरण अभियान संचालन गरेको बताउनुभएको हो । आफु प्रधानमन्त्री हुने बेलामा देशमा भष्टचार गर्ने र देशलाई कंगाल बनाउने विरुद्ध काम गरेको बताउदै उहाँले आफ्ना आसेपासे र कार्यकर्ता आफ्ना पकेटका कर्मचारीहरु विरुद्ध समेत भष्टचारका फाईल खोल्ने डर अहिले सकार रातारात बनेको बताउनुभयो । बाईट…
विश्वमा संसदका दुई ठूला दल मिलेर सरकार नबनेको बताउदै नेपालमा मात्र यस्तो भएको बताउनुभयो । उहाँले सम्बोधनमा आफू तेस्रो पटक १८ महिना प्रधानमन्त्री हुँदा मुलुकमा सुशासनका पक्षमा र भ्रष्टाचारको विरुद्धमा चालेका कदमलाई जनतामा स्थापित गर्न माओवादीले देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने समेत बताउनुभयो ।
सरकारको नेतृत्व गर्दा दुई ठूला शक्ति देशसँग सन्तुलित सम्बन्ध बनाएको उहाँको दाबी छ । आफु सरकारमा हुने समयमा देशले आर्थिक, सामाजिक शुसाशन र विकासमा समेत फ्ड्को मारेको उहाँको भनाई थियो । बाईट…
आफु सरकारमा हुँदा भएका राम्रा कामलाई लिएर पार्टी जनता समक्ष आएको उहाँले बताउनुभयो । झुट र कपटी सरकारले आफुले पनि नगर्ने र अर्काले गरेका राम्रा कामको जस आफुले लिन समेत नछोड्ने भएकाले आफ्नो पालामा भएका राम्रा कार्यहरु जनता माझ लैजान जनताको घर आगनमा आएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले विगतमा आफ्नो तर्फबाट केही गल्ती भएको र अहिले निर्मम भएर त्यसलाई सच्याएर फेरि जनताका माँझ फर्किएको समेत बताउनुभयो । विगतका गल्ती कमजोरीहाई सच्याउँदै पार्टीलाई बलियो शक्ति बनाउने संकल्प लिएर जनतामा फर्किएको अध्यक्ष प्रचण्डको भनाइ थियो । सरकारबाट हटेपछि हिमाल, पहाड र मधेशमा पुग्दा माओवादीलाई जनताको साथ भएको उहाँले दाबी गर्नुभएको छ ।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले म्याग्दीमा सुरु भएका विकास योजनालाई पूर्णता दिन आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । खबरदारी सभामा पार्टीका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेल, म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य रेशमबहादुर जुग्जाली र हरि भण्डारी लगायतले सभालाई सम्बोधन गर्नुभयो ।
जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका...
१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...
म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न...