२०८३ श्रावण ७
July 23, 2026, Thursday

सरकारले गरेका भ्रष्टचारको विरुद्धमा माओवादीको अभियान : अध्यक्ष प्रचण्ड

अहिलेको सरकारले गरेका भ्रष्टचारका विरुद्धमा माओवादीको अहिले देशव्यापी रुपमा खबरदारीका कार्यक्रमहरु आयोजना गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।

Advertisement

 सोमबार म्याग्दीको बेनीमा आयोजना भएको खबरदारी सभामा उहाँले पार्टीले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा देश व्यापीरुपमा जागरण अभियान संचालन गरेको बताउनुभएको हो । आफु प्रधानमन्त्री हुने बेलामा देशमा भष्टचार गर्ने र देशलाई कंगाल बनाउने विरुद्ध काम गरेको बताउदै उहाँले आफ्ना आसेपासे र कार्यकर्ता आफ्ना पकेटका कर्मचारीहरु विरुद्ध समेत भष्टचारका फाईल खोल्ने डर अहिले सकार रातारात बनेको बताउनुभयो । बाईट…

विश्वमा संसदका दुई ठूला दल मिलेर सरकार नबनेको बताउदै नेपालमा मात्र यस्तो भएको बताउनुभयो । उहाँले सम्बोधनमा आफू तेस्रो पटक १८ महिना प्रधानमन्त्री हुँदा मुलुकमा सुशासनका पक्षमा र भ्रष्टाचारको विरुद्धमा चालेका कदमलाई जनतामा स्थापित गर्न माओवादीले देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने समेत बताउनुभयो ।

सरकारको नेतृत्व गर्दा दुई ठूला शक्ति देशसँग सन्तुलित सम्बन्ध बनाएको उहाँको दाबी छ । आफु सरकारमा हुने समयमा देशले आर्थिक, सामाजिक शुसाशन र विकासमा समेत फ्ड्को मारेको उहाँको भनाई थियो । बाईट…
आफु सरकारमा हुँदा भएका राम्रा कामलाई लिएर पार्टी जनता समक्ष आएको उहाँले बताउनुभयो । झुट र कपटी सरकारले आफुले पनि नगर्ने र अर्काले गरेका राम्रा कामको जस आफुले लिन समेत नछोड्ने भएकाले आफ्नो पालामा भएका राम्रा कार्यहरु जनता माझ लैजान जनताको घर आगनमा आएको बताउनुभयो ।  

अध्यक्ष प्रचण्डले विगतमा आफ्नो तर्फबाट केही गल्ती भएको र अहिले निर्मम भएर त्यसलाई सच्याएर फेरि जनताका माँझ फर्किएको समेत बताउनुभयो  । विगतका गल्ती कमजोरीहाई सच्याउँदै पार्टीलाई बलियो शक्ति बनाउने संकल्प लिएर जनतामा फर्किएको अध्यक्ष प्रचण्डको भनाइ थियो । सरकारबाट हटेपछि हिमाल, पहाड र मधेशमा पुग्दा माओवादीलाई जनताको साथ भएको उहाँले दाबी गर्नुभएको छ ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले म्याग्दीमा सुरु भएका विकास योजनालाई पूर्णता दिन आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । खबरदारी सभामा पार्टीका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेल, म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य  रेशमबहादुर जुग्जाली र हरि भण्डारी लगायतले सभालाई सम्बोधन गर्नुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP