२०८३ श्रावण ७
July 23, 2026, Thursday

प्रेस चौतारी म्याग्दीको अध्यक्ष पुनः बानियाँ

Advertisement

‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मङ्गलवार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले प्रेस चौतारी म्याग्दी शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि पुनः प्रताप बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । अधिवेशनको निर्वाचनबाट म्याग्दी शाखाको उपाध्यक्षमा देवी जिसी, महिला उपाध्यक्षमा मनु थापा, सचिवमा अमित विश्वकर्मा, कोषाध्यक्षमा किरण कार्की, सहसचिवमा कृष्णबहादुर कार्की र समावेशी सहसचिवमा दिपा बुढाथोकी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यसैगरी शाखाको कार्यसमिति सदस्यहरुमा दिनेश बानियाँ र स्वईक्षा बानियाँ क्षत्री निर्वाचित हुनुभएको छ भने थप सदस्य, प्रदेश र केन्द्रीय प्रतिनिधि परिषद सदस्यका लागि नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकले चयन गर्ने प्रेस चौतारी म्याग्दीले जनाएको छ । केन्द्र र प्रदेश अधिवेशनको संघारमा रहेको प्रेस चौतारी अहिले देशव्यापी रुपमा जिल्ला अधिवेशनमा होमिएकाले सोही अनुसार म्याग्दीको पनि अधिवेशन सम्पन्न गरिएको प्रेस चौतारी म्याग्दीका नवनिर्वाचित अध्यक्ष प्रताप बानियाँले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल अहिले देशव्यापी रुपमा सङ्गठनको अधिवेशनमा लागेको हुँदा तोकिएको मितिभित्रै सबै जिल्ला र प्रदेशको अधिवेशन सकेर केन्द्रको महाधिवेशन गरिने बताउनुभयो । उहाँले गएको मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको निर्वाचिनमा प्रेस चौतारीले संसदीय मोर्चा बनाएर सहभागी भई पत्रकार महासंघमा उल्लेख्य स्थान कायम गर्न सफल बनेको बताउनुभयो । नेपाली सञ्चार क्षेत्रमा आवश्यक कानुन निर्माण तथा सुधारका लागि प्रेस चौतारीले उठाएका मागहरुको एमाले नेतृत्वको सरकारले क्रमशः सम्बोधन गरेको उहाँको भनाइ छ ।

अध्यक्ष बस्नेतले मिडिया क्षेत्रको विकासमा प्रेस चौतारीले उठाएका मुद्धाहरुको एमाले नेतृत्वको सरकारले पुरा गरेको हुँदा त्यसबाट आम पत्रकार तथा सञ्चारमाध्यमहरुलाई लाभ पुगेको बताउनुभयो । उहाँले मोफसलमा बसेर काम गर्दै आएका पत्रकार तथा दुर्गम र हिमाली जिल्लाहरुमा सञ्चालित सञ्चारमाध्यमहरुको विकास एवं सबलीकरण गर्नको लागि प्रेस चौतारीले आवश्यक पहल गरिरहेको बताउनुभयो । म्याग्दी जिल्लाको विकास र निर्माण तथा समृद्ध नेपाल एवं सुखी नेपालीका लागि प्रेस चौतारीले पत्रकारिताको माध्यमबाट खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ र सदस्य सुरत केसीले म्याग्दीको सञ्चार क्षेत्रको विकासमा प्रेस चौतारीले विगतदेखि नै आवश्यक भूमिका निर्वाह गरिरहेकाले आगामी दिनमा पनि पत्रकारिताको माध्यमबाट निरन्तर पहल गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले पार्टीको कामकारवाहीको प्रचारप्रसारसँगै जनतामाझ स्थापित गराउन तथा जिल्लाको विकास निर्माणमा प्रेस चौतारीमा आबद्ध पत्रकार साथीहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेल, प्रेस चौतारी म्याग्दीका इन्चार्ज तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष अमृत बास्कुने, नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रचार विभाग सदस्य एवं नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्का, नेपाल प्रेस युनियनको जिल्ला अध्यक्ष राकेश शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज विनोद धौलागिरि, सम्मानित व्यक्तित्व प्रमोद शर्मा र राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स)का केन्द्रीय सदस्य दिलमाया बिटालुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

१९औं वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनको अवसरमा प्रेस चौतारी म्याग्दीले यसअघि स्थापना गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०८०’ बाट म्याग्दीका क्रियाशील पत्रकार तथा रुप्से दैनिक पत्रिकाका सम्पादक प्रमोद शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रम प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता एवं स्वागत र सदस्य सुमित्रा थजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP