२०८३ श्रावण ७
July 23, 2026, Thursday

मिलन म्याग्दीले मनायो २६ औं स्थापना दिवस

गैरसरकारी संस्था मिलन म्याग्दीले २६ औं स्थापना दिवसको अवसरमा विविधि कार्यक्रम गरी मनाएको छ । सोमबार बेनी नगरपालिका–५, पुलाचौर र सदुमकाम बेनीमामा स्थापना दिवसको अवसरमा सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । स्थापना दिवसको बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गदैं नगरपालिकाले स्वास्थ्य, पोषण तथा झोलुङ्गे पुल लगायतका क्षेत्रमा मिलनसँग सहकार्य गरी काम गरेको बताए ।

Advertisement

उनले म्याग्दीमा गैरसरकारी संस्थामा फरक पहिचान बनाउन सफल भएको मिलन म्याग्दीले एनजिओ तथा आईएनजिओको कार्यक्रम बिनै आफ्नै क्षमतामा पनि विभिन्न गतिविधि गरेको भन्दै मिलन म्याग्दीको प्रशंसा गर्नुभयो । सोही कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले मिलन म्याग्दीमार्फत समुदायस्तरमा सञ्चालित कार्यक्रमहरुमार्फत समुदायमा राम्रो सन्देश प्रभाव भएको बताइन् ।

कार्यक्रममा डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद अधिकारी, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, मिलन म्याग्दीका पूर्व अध्यक्ष बिनय श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।

सोही अवसरमा मिलन म्याग्दीको रजत जयन्ती बिशेष स्मारिकाको नगरप्रमुख केसीले बिमोचन गरेका थिए । कार्यक्रममा मिलन म्याग्दीकी अध्यक्ष दिलु बिटालुले संस्थाबाट हालसम्म भएका गतिविधिका बारेमा प्रकाशन पारिन् स्थापना दिवसको अवसरमा बेनपा–५, पुलाचौरस्थित जनकल्याण माविमा विपन्न ३ विद्यार्थीलाई नगद ५ हजारको दरले आर्थिक सहयोग समेत गरिएको थियो ।

यसैबीच मिलन म्याग्दीसँगको सहकार्यमा काम गर्ने तत्कालिन सामाजिक विकास कार्यालय तथा हाल जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, मिलन म्याग्दीका संस्थापक सल्लाहकार अशोक बानियाँ, स्मारिका प्रकाशन मण्डलका संयोजक एवम् पूर्व अध्यक्ष शिव बानियाँलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

वि.सं. २०५६ सालमा स्थापना भएको मिलन म्याग्दीले जिल्लामा हालसम्म झोलुङ्गे पुलको क्षेत्रमा काम गर्दै आइरहेको जनाएको छ । यसअघि वन, वातावरण तथा जलवायु परिवर्तन, वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रमअन्तर्गत समुदायस्तरमा सुधारिएको चुल्हो निर्माण, सुरक्षित मातृत्व, सुआहारा कार्यक्रममार्फत पोषण तथा स्वास्थ्य, लैङ्गिक समानता एवं समावेशीकरण, जिविकोपार्जन, सचेतनालगायत कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

यसका साथै सरसफाइ, कृषि तथा पशु सम्बन्धी उत्पादन, तरकारी खेती, राष्ट्रपति महिला उत्थानमार्फत महिलाहरुलाई विभिन्न किसिमका सिपमूलक तालिमहरु, युवा स्वरोजगार, सक्षम महिला समानान्तर कार्यक्रम, जिल्लाभन्दा बाहिर पुगेर जलवायु परिवर्तन तथा जैविक विविधता सम्बन्धी सचेतना, आईडी नेपालसँगको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एफएचएन–आईएल कार्यक्रम लगायत कार्यक्रमहरु सञ्चालन गरिएको छ ।मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुको अध्यक्षता, उपाध्यक्ष तिलकुमारी राना स्वागत तथा सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP