२०८३ भाद्र १२
August 28, 2026, Friday

लोकतान्त्रिक यातायात व्यवसायी संघको म्याग्दीको अध्यक्षमा पवन

म्याग्दीमा रहेका लोकतान्त्रिक यातायात व्यवसायीहरुको संघ लोकतान्त्रिक यातायात व्यवसायी संघ म्याग्दीको अध्यक्षमा पवन पौडेल चयन हुनुभएको छ । सोमबार नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालय संगमचोकमा भएको प्रथम भेलाले पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विरेन्द्र चोखाल, सचिवमा गोर्कण भण्डारी, कोषाध्यक्षमा सुनिल बानियाँ, सह सचिवमा नारायण थापा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर हमाल, जठ बहादुर तामाङ, खगेन्द्र पुन, दिपक खत्री, दान बहादुर फगामी, सुकमान पुन चयन हुनुभएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापती एवम् प्रतिनिधि सभा सदस्य खम बहादुर गर्बुजाले समितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

Advertisement

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP