Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

तरुण कप भलिबल प्रतियोगिताको तयारी पुरा, ट्रफी सार्वजनिक

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा नेपाल तरुण कप भलिबल प्रतियोगिता २०८१ ट्रफी सार्वजनिक गरिएको छ । साथै वुधबारदेखि हुने खेलको तयारी पुरा भएको छ ।

Advertisement

म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ७, ८ र ९ गते मालिका गाउँपालिकाको वडा नं. ६ दरबाङमा हुने प्रतियोगिताको तयारी पुरा भएको तरुण दल म्याग्दीका अध्यक्ष श्री प्रसाद रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार बिहान १० बजेदेखि नै खेल सुरु हुनेछ । बेनी धवलागिरी गाउँपालिका, मालिका गाउँपालिका र मंगला गाउँपालिका गरी १९ वडाबाट १८ टिमले प्रतियोगितामा सहभागीता जनाएका छन् ।

Advertisement

नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरिएको तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले जानकारी दिनुभयो । नेपाली कांग्रेस म्याग्दीका सभापती तथा प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा खम्बीर, संविधान सभा सदस्य रेशम बहादुर बानियाँ, उप सभापती हरिकुमार श्रेष्ठ, केबी भण्डारी लगायतको उपस्थितिमा उक्त ट्रफी सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा प्रथम हुनेले रु १ लाख ११ हजर १११, ट्रफी मेडल र प्रमाण पत्र, द्धितिय हुनेले रु ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । प्रेत्यक साँझ तरुण साँझ समेत आयोजना हुने भएको छ । उक्त प्रतियोगिताको प्रतिनिभि सभा सदस्ले गर्बुजाले गर्नुहुने कार्यक्रम रहेको आयोजनकले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकार कुमार पुन, राम गगन र शक्ती छिनालको सांस्कृतिक प्रस्तुतीका साथमा डान्सर पवित्रा पुन नृत्य समेत हुने आयोजकले जनाएको छ ।

त्यस्तै यही फागुन १४ देखि १६ गते सम्म हुने म्याग्दी क्षेत्र ‘क’ मा हुने प्रतियोगिताको समेत तयारीलाई तिब्र पारिएको छ । त्यस प्रतियोगितामा बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका वडाबाट पुरुष भलिबलमा प्रथम हुनेले समेत सोही अनुसारको पुरस्कार पाउनेछन् भने महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले रु ७७ हजार ७७७ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP