२०८२ मंसिर १८
December 3, 2025, Wednesday

दरबाङ प्रथम तरुण कप भलिबल प्रतियोगिता सुरू, पहिलो दिन ५ खेल

पश्चिम म्याग्दीको दरबाङमा बुधबार देखि नेपाल तरुण दलको आयोजना गरेको प्रथम तरुण कप भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाली कांग्रेसको भातृ संस्था तरुण दल म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका प्रतिनिधि सभाका सांसद खमबहादुर गर्बुजा (खमवीर) यूवाहरुको सक्रियतामा खेलकुद, सामाजिक कार्यहरुसँगै उत्पादन र रोजगारमुलक कार्यहरुमा सक्रिय हुनुपर्ने बताउनुभयो ।

Advertisement

उद्घाटन सत्रमा प्रतिनिधिसभा सदस्य रेशमबहादुर बानियाँ, तरुण दलका केन्द्रिय सदस्य शिव केसी, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, नेपाली कांग्रेस म्याग्दीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ, केबी भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी सांसद गर्बुजाले मुख्य रेफ्रि खड्ग केसीलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गनुृभएको थियो। । प्रदेश निर्वाचन क्षेत्र ख मा पर्ने तीन पालिकाको वडा स्तरीय भलिवल प्रतियोगितामा १८ समूहले सहभागिता जनाएका छन् । उद्घाटनको पहिलो दिन ५ खेल सम्पन्न भएको छ ।

Advertisement

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख ११ हजार एक ११ र द्धितीय हुनेलाई नगद रु ६६ हजार छ सय ६६ को साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने तरुण दलका जिल्ला सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, नेपाली कांग्रेसका जिल्ला, क्षेत्रीय तथा स्थानीय नेताहरुको उपस्थिती रहेको थियो ।

उद्घाटन सत्रको अध्यक्षता तरुण दल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका, स्वागत उपाध्यक्ष सोहन श्रेष्ठ र सञ्चालन सचिव नगेन्द्र मल्लले गर्नुभएको थियो । त्यसैगरी फागुन १४ गतेदेखि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरिएको तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले जानकारी दिनुभयो ।

महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले रु ७७ हजार ७७७ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउने सचिव मल्लले जानकारी दिनुभयो । प्रतियोगिताका लागि १५ लाख ५० हजार रुपैयाँ बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्ने अध्यक्ष रोकाको भनाई छ । प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकार प्रस्तुत सहित नृत्य समेत रहेको छ ।

Related News

कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
  • २०८१ फाल्गुन ७, बुधबार १५:४७

म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...

फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको  उद्धार
फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्धार
  • २०८१ फाल्गुन ७, बुधबार १५:४७

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...

राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
  • २०८१ फाल्गुन ७, बुधबार १५:४७

राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...

TOP