२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

प्रथम तरुण कप क्षेत्र (ख)को उपाधि अर्मन एलाई

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्नप्रथम ‘तरुण कप’ प्रदेश सभा क्षेत्र (ख)को उपाधि अर्मन एले हात पारेको छ ।  नेपाली कांग्रेसको भातृ संगठन तरुण दल म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–५, अर्मन एले मंंगला–२, बावियाचौरलाई १–३ सेटले जितेको हो ।  प्रतियोगिताको बिजेता र उपविजेताले क्रमश नगद एक लाख ११ हजार एक ११ र द्धितीयले ६६ हजार छ सय ६६ नगदसहित ट्रफी, प्रमाणपत्र, मेडल पाएको तरुण दलका जिल्ला सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो ।

बिजेतालाई नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ, नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, महाधिवेशन प्रतिनिधि बलभद्र ढकाल ,तरुणदल केन्द्रिय सदस्य मुकुन छन्त्याल ,तरुणदल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका मगर लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा प्रदेश निर्वाचन क्षेत्र ख मा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकाको वडा स्तरीय भलिवल प्रतियोगितामा १८ समूहले सहभागिता जनाएका थिए ।यसैबीच फागुन १४ गतेदेखि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरिने छ ।

महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले ७७ हजार ७७७ रुपैयाँ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । प्रतियोगिताका लागि १५ लाख ५० हजार रुपैयाँ बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्ने अध्यक्ष रोकाको भनाइ छ । भलिबल प्रतियोगिताको साथै कलाकारहरु खड्ग गर्बुजा, कुमार पुन, सम्भोज मल्ल, रविना भण्डारी, पविता पुनलगायतको गित तथा नृत्य प्रस्तुति सहितको तरुण साँझ पनि आयोजना गरिएको थियो ।

Advertisement

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP