२०८२ बैशाख २९
May 12, 2025, Monday

प्रथम तरुण कप क्षेत्र (ख)को उपाधि अर्मन एलाई

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्नप्रथम ‘तरुण कप’ प्रदेश सभा क्षेत्र (ख)को उपाधि अर्मन एले हात पारेको छ ।  नेपाली कांग्रेसको भातृ संगठन तरुण दल म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–५, अर्मन एले मंंगला–२, बावियाचौरलाई १–३ सेटले जितेको हो ।  प्रतियोगिताको बिजेता र उपविजेताले क्रमश नगद एक लाख ११ हजार एक ११ र द्धितीयले ६६ हजार छ सय ६६ नगदसहित ट्रफी, प्रमाणपत्र, मेडल पाएको तरुण दलका जिल्ला सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो ।

बिजेतालाई नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ, नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, महाधिवेशन प्रतिनिधि बलभद्र ढकाल ,तरुणदल केन्द्रिय सदस्य मुकुन छन्त्याल ,तरुणदल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका मगर लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा प्रदेश निर्वाचन क्षेत्र ख मा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकाको वडा स्तरीय भलिवल प्रतियोगितामा १८ समूहले सहभागिता जनाएका थिए ।यसैबीच फागुन १४ गतेदेखि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरिने छ ।

महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले ७७ हजार ७७७ रुपैयाँ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । प्रतियोगिताका लागि १५ लाख ५० हजार रुपैयाँ बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्ने अध्यक्ष रोकाको भनाइ छ । भलिबल प्रतियोगिताको साथै कलाकारहरु खड्ग गर्बुजा, कुमार पुन, सम्भोज मल्ल, रविना भण्डारी, पविता पुनलगायतको गित तथा नृत्य प्रस्तुति सहितको तरुण साँझ पनि आयोजना गरिएको थियो ।

Advertisement

Related News

जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान
जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान
  • २०८१ फाल्गुन ९, शुक्रबार ०३:१२

पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका...

निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर बिरामीहरुको घुइँचो
निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर बिरामीहरुको घुइँचो
  • २०८१ फाल्गुन ९, शुक्रबार ०३:१२

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल...

झिँको वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)
झिँको वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)
  • २०८१ फाल्गुन ९, शुक्रबार ०३:१२

 म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई...

TOP