२०८३ श्रावण ७
July 23, 2026, Thursday

३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत निर्माण सुरु

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदी नाउरामा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना २६ महिनामा केन्द्रीय ग्रिडमा जोड्ने गरी निर्माण कार्यले तीव्रता पाएको छ । जिल्लाको विकट बस्ती नाउरा, सिन्कोस बगर आसपासका क्षेत्रमा पहुँच मार्ग पुर्याएपछि सुरुङ निर्माणमा जुटेको आयोजनाले अब निर्धारित समयमै उत्पादन गर्ने जनाएको छ । 

Advertisement

हाइड्रो इम्पाएर प्रा.ली. प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने ४ किलोमिटर लामो सुरुङ निर्माण कार्यको उद्घाटन समारोहमा आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले स्रोतसाधन र जनशक्ति परिचालन गरिएकाले अबको २४ महिनाभित्र विद्युत् उत्पादन गर्ने बताउनुभयो । ‘स्थानीय समुदायको पनि राम्रो साथ छ, दक्ष जनशक्ति भएकाले हामीलाई लक्ष्यभित्रै काम सक्न समस्या छैन’ प्रबन्ध निर्देशक घर्तीले भन्नुभयो । बि.स २०८२ चैत मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम सुरु गरिएको छ । आयोजना प्रमुख रमेश सुवेदीका अनुसार म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेको गरेर आयोजना निर्माण स्थललाई पहुँच मार्गले जोडेको छ । 

मुदीको सिन्कोस र म्याग्दी खोलाको दोभान भन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेड रेस सुरुङ बन्ने आयोजनाको बिद्युतगृह म्याग्दी खोला र मुदी खोला भन्दा एक किलोमिटर माथि निर्माण थालिएको छ । ४ किलोमिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट बिद्युत गृहमा खसालेर बिद्युत् उत्पादन गरिने भएको छ । आउट लेट देखि बिद्युतगृहसम्म सात सय ९७ दशमलव ९६ मिटर लामो पेन स्टक पाइप जडान गरिने छ । आयोजनास्थलमा विस्फोटक पदार्थको ढुवानी तथा भण्डारणका लागि नेपाली सेनाको क्याम्प स्थापना भएको छ । कुल ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र सर्वसाधारणको सेयर बाहेक सिद्धार्थ बैङ्क, नेपाल एसबिआई, सिटिजन्स बैङ्क, एभरेस्ट बैङ्क र नबल बैङ्कको ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहने छ । 

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहने आयोजना पूरा भएपछि दुई सय १५. दशमलव सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९ दशमलव दुई किलोमिटर दूरीको एक सय ३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सब स्टेसनमा केन्द्रीय ग्रिडमा जोड्नका लागि नेपाल विद्युत् प्राधिकरण मार्फत मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण भइरहेको छ।  सुरुङ निर्माण कार्यको आइतबार एक कार्यक्रमका बिच गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेसमबहादुर जुग्जाली (सुविन)ले शिलान्यास गर्नुभयो । सोही अवसरमा धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, वडा अध्यक्ष यामबहादुर घर्ती, प्रभावित क्षेत्रका बासिन्दा एवम् वडा सदस्य रिम रोका मगरले जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न स्थानीय पालिका, समुदायवासीको सहयोग हुने प्रतिबद्धता जनाउनुभएको थियो । 

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP