२०८२ बैशाख १३
April 26, 2025, Saturday

तरुण कप क्षेत्र ‘क’ को भलिबल प्रतियोगिताको तयारी पुरा

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा नेपाल तरुण कप भलिबल प्रतियोगिता क्षेत्र ‘क’ को तयारी पुरा भएको छ । एक कार्यक्रमका बिच ट्रफी सार्वजनिक समेत गरिएको छ ।

Advertisement

म्याग्दी क्षेत्र ‘क’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिकाको वडा नं. ४ नारच्याङमा हुने प्रतियोगिताको तयारी पुरा भएको तरुण दल म्याग्दीका अध्यक्ष श्री प्रसाद रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार १४ गते बिहान ८ बजे नै खेल सुरु हुनेछ । रघुगंगा गाउँपालिका, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका २२ टिमले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जनाएको छ ।

Advertisement

प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १ एक ११ को प्रायोजन नेपाली कांग्रेस काठमाडौँ सम्र्पक समितिले गरेको छ । त्यस्तै द्धितिय पुरस्कार रु ६६ हजार ६ सय ६६ मालिक गाउँपालिक अमेरिका समन्वय समितिले गरेको तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले जाकारी दिनुभयो । त्यस्तै जिल्ला पालिका स्तरीय महिला महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७७,७७७ पूर्व तरुण दल सदस्य राजेन्द्र केसीले प्रायोजन गरेका छन ।

त्यस्तै द्धितिय पुरस्कार ४४,४४४ ठूलो खोला हाइड्रो पावर चिमखोलाले गरेको छ । साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । प्रेत्यक साँझ तरुण साँझ समेत आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी कलाकार रबि कार्कीको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पाँच हजार र प्रत्येक खेलमा म्यान अफ दि म्याच समेत पाउनेछन् ।

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०८१ फाल्गुन १२, सोमबार ११:२५

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ फाल्गुन १२, सोमबार ११:२५

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ फाल्गुन १२, सोमबार ११:२५

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP