२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

तरुण कप क्षेत्र ‘क’ को भलिबल प्रतियोगिताको तयारी पुरा

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा नेपाल तरुण कप भलिबल प्रतियोगिता क्षेत्र ‘क’ को तयारी पुरा भएको छ । एक कार्यक्रमका बिच ट्रफी सार्वजनिक समेत गरिएको छ ।

Advertisement

म्याग्दी क्षेत्र ‘क’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिकाको वडा नं. ४ नारच्याङमा हुने प्रतियोगिताको तयारी पुरा भएको तरुण दल म्याग्दीका अध्यक्ष श्री प्रसाद रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार १४ गते बिहान ८ बजे नै खेल सुरु हुनेछ । रघुगंगा गाउँपालिका, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका २२ टिमले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १ एक ११ को प्रायोजन नेपाली कांग्रेस काठमाडौँ सम्र्पक समितिले गरेको छ । त्यस्तै द्धितिय पुरस्कार रु ६६ हजार ६ सय ६६ मालिक गाउँपालिक अमेरिका समन्वय समितिले गरेको तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले जाकारी दिनुभयो । त्यस्तै जिल्ला पालिका स्तरीय महिला महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७७,७७७ पूर्व तरुण दल सदस्य राजेन्द्र केसीले प्रायोजन गरेका छन ।

त्यस्तै द्धितिय पुरस्कार ४४,४४४ ठूलो खोला हाइड्रो पावर चिमखोलाले गरेको छ । साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । प्रेत्यक साँझ तरुण साँझ समेत आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी कलाकार रबि कार्कीको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पाँच हजार र प्रत्येक खेलमा म्यान अफ दि म्याच समेत पाउनेछन् ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP