२०८२ फाल्गुन २८
March 12, 2026, Thursday

रघुगंगाको दोस्रो चौमासिकसम्मको सार्वजनिक सुनुवाई, ३३ प्रतिशत वित्तीय प्रगती

म्याग्दीको रघुगंगा गाउँपालिकाले सात महिनाको अवधिमा ३३ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । मंगलवार गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१÷०८२ को हालसम्म कुल ४८ करोड ६५ लाख ३९ हजार बजेटमध्ये ३३ दशमलब ३१ प्रतिशत वित्तीय प्रगती भएको जानकारी गराइएको हो ।

Advertisement

गाउँपालिकाले चालुतर्फ ३८ दशमलब ७५ प्रतिशत र पुँजिगततर्फ १७ दशमलब ३० प्रतिशत वित्तिय प्रगती गरेको छ । गाउँसभाबाट स्विकृत भएका कुल १११ वटा योजना मध्ये ६१ वटा सम्झौता भएको र १९ वटा योजना निर्माण सम्पन्न भएर फरफारक भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।

Advertisement

कार्यक्रममा सहभागीहरुले योजना कार्यान्वयनमा भएको ढिलाईप्रति गाउँपालिकाको ध्यानकर्षण गराउँदै गाउँपालिकाभित्र रहेका जलविद्युत आयोजनाहरुले सामाजिक उत्तरदायित्वका कामलाई पारदर्शी नबनाएको, गाउँपालिकाको केन्द्र मौवाफाँटमा खानेपानीको समस्या रहेको, कलेजबाङको पातिकाल्हामा रहेको सामुदायिक स्वास्थ्य इकाईमा शौचालयको अभाब रहेको, पहिरोले क्षति पुगेको गलेश्वरदेखि बगैचा जोड्ने पदमार्ग पुननिर्माण हुन नसकेको, गाउँपालिकाको केन्द्रदेखि झिँ जोड्ने सडक जिर्ण बनेकोलगायतका गुनासो गरेका थिए । त्यसैगरि सहभागीले गाउँपालिकाभित्र पर्यटन विकासको लागि अथाह सम्भावना रहेको बताउँदै पालिकाले प्रवद्र्धन र विकासमा उचित ध्यान दिन माग गरेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले ठूला योजनालाई ठेक्का मार्फत र साना योजनालाई उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्न थालिएको बताउनुभयो । उहाँले सहभागीहरुको प्रश्नको जिज्ञासा मेटाउँदै गाउँपालिकाभित्र रहेका जलविद्युत आयोजनाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्नुपर्ने कामहरुलाई पारदर्शी र प्रभाबकारी बनाउनका लागि गाउँपालिकाले सबै आयोजनाहरुलाई छलफलमा डाकेको बताउनुभयो ।

त्यसैगरि गाउँपालिकाको केन्द्र मौवाफाँटमा खानेपानीको अल्पकालिन समस्या समाधानको लागि जावाखोलाको पानी ल्याउनका लागि प्रदेश सरकारमा योजना प्रस्ताब गरिएको बताउँदै संघीय खानेपानी कार्यालय मार्फत बृहत चिमखोला राखु भगवती पिप्ले खानेपानी आयोजनाको समेत ठेक्का आह्वानको प्रकृयामा रहेको जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालय जोड्ने सडकलाई समेत पालिका, संघ र प्रदेश मार्फत विनियोजन भएका बजेटलाई कार्यान्वयनको लागि योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुनले पालिकाबाट छनौट भएका योजनाहरुको सम्झौता गर्न बाँकी रहेका उपभोक्ता समितिहरुले आबश्यक प्रकृया पुरा गरेर योजनालाई कार्यान्वनमा जुट्न आग्रह गर्नुुभयो । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले गाउँपालिकाबाट कार्यान्वयन हुने गौरवका योजनाहरुलाई ठेक्का प्रकृयाबाट कार्यान्वयन सुरु भएको बताउँदै सेवा प्रवाहलाई सरल र सहज बनाउन उचित प्रयास गरिएको बताउनुभयो । स्वास्थ्य सेवालाई सहज बनाउन वडा नम्बर ७ को नामिला र वडा नम्बर ३ को पातिकाल्लामा यसै बर्ष सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गर्न थालिएको जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार राकेश शर्मा र ठाकुर प्रसाद आचार्यले गर्नुभएको थियो ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८१ फाल्गुन १३, मंगलवार १७:३२

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८१ फाल्गुन १३, मंगलवार १७:३२

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८१ फाल्गुन १३, मंगलवार १७:३२

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP