२०८३ असार १
June 15, 2026, Monday

‘प्रथम तरुण कप’को उपाधि घतान (ए)र अन्नपुर्ण गाउँपालिकालाई

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल म्याग्दीको आयोजनामा सम्पन्न भएको प्रथम तरुण कप प्रदेश सभा क्षेत्र (क) अन्तर्गत वडा स्तरी भलिबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–९,घतान (ए) ले जित्न सफल भएको छ । भने अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका प्रथम भएको छ ।

Advertisement

शुक्रबार अन्नपुर्ण गाउँपलिका–४, नारच्याङमा सम्पन्न फाइनल खेलमा भगवतीलाई पराजित गर्दै घतान एले एक लाख एघार हजार ,ट्रफी ,मेडल ,प्रमाणपत्र सहित उपाधि उचाल्न सफल भएको हो । अन्नपुर्ण गाउँपालिकाले मंगला गाउँपालिकालाई पराजित गर्दै ७७ हजार सात सय ७७ रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र सहितको अन्तर पालिका स्तरीय महिला भलिबलको प्रथम तरुण कप हात पार्न सफल भएको हो ।यसअघि प्रदेश सभा क्षेत्र (ख) अन्तर्गत वडा स्तरीय भलिबल प्रतियोगिता दरबाङमा सम्पन्न भइसकेको छ ।

Advertisement

उपविजेता भएको भगवतीले ६६ हजार छ सय ६६ रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र तथा महिला भलिबल तर्फ उपविजेता बनेको मंगला गाउँपालिकाले ४४ हजार चार सय ४४ रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्न सफल घतान एका खेलाडी अर्जुन खत्री र मंगला गाउँपालिकाकी रिक्जना माझी पुरस्कृत हुनुभयो ।घतान एले भगवतीलाई दुई विरुद्ध तीन सेतले पराजित गरेको हो । भने अन्नपुर्णले एकका विरुद्ध तीन सेतले पराजित ग¥यो । महिला भलिबलमा पाँच गाउँपालिका र वडा स्तरीय भलिबल खेलमा १६ टीमले सहभागिता जनाएका थिए ।

विजेता र उपविजेताहरुलाई नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ ,आयोजक तरुणदल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका ,संविधान सभा सदस्य रेशमबहादुर बानियाँ , पुर्व सहसभापति नेत्रबहादुर महत,उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी , निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी ,कांग्रेस बेनी नगर सभापति रबिन्द्र ,कार्की ,सचिव हिराबहादुर पुन , धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन ,तरुणदल केन्द्रिय सदस्यहरु सुमन श्रेष्ठ , मुकुन छन्त्याल र शिव केसी ,कांग्रेस म्याग्दी–काठमाडौं सम्पर्क समितिका सभापति चित्र कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गर्बुजाले खेलले नै खेलाडी सहित ,टोल समाज र देशलाई नै एकताबद्ध गराउ सहयोग पुग्ने बताउनुभयो ।

उहाँले तरुणदलद्धारा आयोजित प्रतियोगिताले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकास , समग्र जिल्लाको विकासका लागि आफुले सक्दो काम गरिरहेको बताउनुभयो । कार्यक्रम संविधान सभा सदस्य बानियाँ ,पुर्व जिल्ला सहसभापति महत ,म्याग्दी–काठमाडौं सम्पर्क समितिका सभापति कार्की लगायतले प्रतियोगिताले युवाहरु विच एकआपसमा एकताको भावना, खेलकुदको विकास र प्रवद्र्धनमा सघाउ पुगेको बताउनुभयो । तरुणदल अध्यक्ष रोकाले खेलकुद क्षेत्रको विकास ,खेलप्रतिभाको पहिचान , पार्टीलाई जनता समक्ष लैजान र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिता सञ्चालन गरेको बताउँदै सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी उहाँले आगामी दिनमा पनि थप यस्तै सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिने उद्घोष गर्नुभयो । तरुणदल जिल्ला सचिवद्धय नगेन्द्र मल्ल र सुमन बानियाँले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP