२०८३ भाद्र २
August 18, 2026, Tuesday

कुमारी सहकारी प्रकरण : पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना र अपचलन सम्बन्धी मुद्दामा पाँच जनालाई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

Advertisement

जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलासमा बुधबार भएको थुनछेक बहसपछि प्रहरी हिरासतमा रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहित सहकारीका पुर्व सञ्चालक थापा सहित पुर्व अध्यक्ष मनप्रसाद थजाली, पुर्व प्रबन्धक रुद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पुर्व सदस्य लोकबहादुर पुनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको अदालतका सुचना अधिकारी डिल्लिराज पौडेलले जानकारी दिनुभयो ।

कुमारी सहकारीको रकम अपचलन र हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेर फरार भएका सहकारीका मंगला गाउँपालिका(३, बरंजाका वडा अध्यक्ष समेत रहनुभएका वर्तमान अध्यक्ष यामबहादुुर रोकासमेत १९ जना जनालाई पक्राउ पुुर्जी जारी गर्ने आदेश भएको छ ।

त्यसैगरी सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर सहकारीको आर्थिक कारोबारलाई १५ दिनभित्र सूचारु गरी अदालतमा जानकारी गराउन समेत सहकारीका नाममा आदेश भएको छ । थुनछेक बहसमा प्रतिबादीका तर्फबाट बहस गरेका वकिलहरुले धरौटीमा धुनामुक्त गर्न माग गरेपनि बादीका तर्फबाट बहस गरेका सरकारी वकिलले अभियोग मागदावि अनुसार तत्कालै थुुनामा राखेर थप अनुसंधान गर्नुुपर्ने माग गर्नुभएको थियो ।

अदालतको आदेशमा प्रहरी हिरासतमा रहेर बिरामी भई अस्पतालमा उपचारार्थ सहकारीका पुर्व अध्यक्ष थमबहादुर गर्बुजालाई उपचार पश्चात अदालतमा हाजिर गराउन प्रहरीलाई आदेश भएको जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो ।

सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दावी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गरेको थियो । २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा थिए भने र १९ जना फरार छन् । सहकारीका वर्तमान र पुर्व सञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यहरुलाई विपक्षी बनाइएको छ ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP