म्याग्दीको मंगला गाउँपालिका(२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका एल्डीस पुन सहित प्यानल निर्विरोध विजयी भएको छ ।
मंगला–१ कुहुँ थाइवाङ निवासी पुनसँगै सचिवमा विन्दा रोका काषाध्यक्ष मञ्जिना बुढाथोकी सदस्यहरु सचिना किसान, सलोन पुन र रामकुमारी थापा समेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक कमलबहादुर भण्डारीले जानकारी दिनुभयो ।
पश्चिम म्याग्दीको शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसको स्ववियू निर्वाचनका लागि चार विद्यार्थी संगठनले निर्वाचनका लागि संगठन दर्ता गरेपनि अनेरास्ववियुको प्यानल विरुद्ध कसैले पनि उम्मेदवारी भने दिएनन् । म्याग्दीको सदरमुकाम बाहिरको एक मात्रै क्याम्पस मंगलामा यसअघि सम्पन्न दुई स्ववियू निर्वाचन नेकपा एमाले निकट अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।
सर्वसम्मत भएकालाई कार्यतालिका अनुसार सपथ ग्रहण गरिने क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो । स्ववियु सभापति पुनले क्याम्पसलाई समुदायमा स्थापित गर्न र विद्यार्थीको हकहितका लागि निरन्तर सक्रिय हुने बताउनुभयो । यता म्याग्दी बहुमुखी क्याम्पसमा भने चार संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।
म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...
पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...
राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...