२०८३ असार २६
July 10, 2026, Friday

मंगला शिक्षा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पुन निर्विरोध

म्याग्दीको मंगला गाउँपालिका(२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका एल्डीस पुन सहित प्यानल निर्विरोध विजयी भएको छ ।

मंगला–१ कुहुँ थाइवाङ निवासी पुनसँगै सचिवमा विन्दा रोका काषाध्यक्ष मञ्जिना बुढाथोकी सदस्यहरु सचिना किसान, सलोन पुन र रामकुमारी थापा समेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक कमलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

पश्चिम म्याग्दीको शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसको स्ववियू निर्वाचनका लागि चार विद्यार्थी संगठनले निर्वाचनका लागि संगठन दर्ता गरेपनि अनेरास्ववियुको प्यानल विरुद्ध कसैले पनि उम्मेदवारी भने दिएनन् । म्याग्दीको सदरमुकाम बाहिरको एक मात्रै क्याम्पस मंगलामा यसअघि सम्पन्न दुई स्ववियू निर्वाचन नेकपा एमाले निकट अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।

सर्वसम्मत भएकालाई कार्यतालिका अनुसार सपथ ग्रहण गरिने क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो । स्ववियु सभापति पुनले क्याम्पसलाई समुदायमा स्थापित गर्न र विद्यार्थीको हकहितका लागि निरन्तर सक्रिय हुने बताउनुभयो । यता म्याग्दी बहुमुखी क्याम्पसमा भने चार संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP