Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
रोग लागेर पशुचौपायको क्षति नहोस भनेर पशुपालक किसानहरुलाई सोमबार पूर्ण खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

Advertisement

भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय म्याग्दी,गाउँपालिका पशुसेवा शाखा र वडा कार्यालयले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा पशुचौपायहरुलाई निरोगी बनाउन अनिबार्य रुपमा खोप लगाउन किसानहरुलाई अनुरोध गरिएको छ ।
कार्यक्रममा गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले पशुचौपायहरुलाई निरोगी बनाई उत्पादन वृद्धि गर्न खोप लगाउनुपर्ने बताउनुभयो । स्वस्थ पशुबाट उत्पादन भएको पशुजन्य पदार्थ उपभोग गरेमा मात्र मानव स्वास्थ्य पनि राम्रो हुने उहाँको भनाई थियो । सरकारले किसानको हितलाई प्राथमिकतामा राखेर पशुचौपायलाई निशुल्क खोप लगाउने अभियान संचालन गरेकाले सहि सदुपयोग गरेर फाइदा लिन उहाँले अनुरोध गर्नुभयो ।

Advertisement

पशुसेवा कार्यालय म्याग्दीका पशु स्वास्थ्य अधिकृत सुवाष रेग्मीले खोपका माध्यमबाट पशुको क्षति न्यूनीकरण हुनुका साथै स्वस्थ पशुजन्य प्रदार्थको उत्पादन हुने भएकाले त्यसले मानव स्वास्थ्यमा समेत राम्रो प्रभाव पर्ने बताउनुभयो । खोप नलगाएका भेडाबाख्रा तथा पशुचौपायहरु बिक्री वितरण गर्न तथा उपभोग समेत नपाइने भएकाले अनिबार्यरुपमा पशुचौपायमा खोप लगाउन उहाँले किसानलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा धवलागिरी गाउँपालिका पशुसेवा शाखा प्रमुख चन्द्रकला दाहलले पशुचौपायहरुलाई निरोगी बनाउन र स्वस्थ पशुजन्य उत्पादनमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । पशुचौपायहरुमा पूर्ण खोप अभियानलाई प्रभावकारी बनाउन किसानहरुले पनि चासो दिनुपर्ने उहाँको भनाई थियो । गाई, भैंसीमा लाग्ने लम्पी स्किन तथा भेडाबाख्रा लाग्ने पिपिआर रोगविरुद्धको खोप निःशुल्क उपलब्ध हुने उहाँले बताउनुभयो । खोप लगाउन पशु प्राविधिकहरु किसानको गोठ सम्म पुग्ने उहाँको भनाई थियो ।

पशुसेवा कार्यालय म्याग्दीका पशु स्वास्थ्य प्राविधिक मणिलाल सापकोटाले संचालन गर्नुभएको अभिमुखिकरण कार्यक्रममा गुर्जाका करिब पचास जना पशुपालक किसानहरुको सहभागिता रहेको थियो । खोप र पशुस्वास्थ्यका बारेमा गाउँमा आएर सचेतनामुलक कार्यक्रम संचालन गरेकोमा पशुपालक किसान दुर्गाबहादुर विकले खुसी व्यक्त गर्दै भेडाबाख्रामा लाग्न सक्ने रोग र उपचार विधिका बारेमा सम्बन्धित निकायबाट अझै प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP