२०८३ बैशाख १
April 14, 2026, Tuesday

राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन

राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न भएको अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको छ ।

Advertisement

जिल्ला कार्यसमितिको सदस्यमा सञ्जु बरुवाल,डम्बरबहादुर सुबेदी,देबेन्द्रबहादुर घिमिरे,चन्द्रबहादुर कुँवर,चन्द्रबहादुर शेरचन,मिठुकुमारी थापा,लिलसरा बुढा, चक्रपानी आचार्य,गोविन्द थापामगर, होमबहादुर थापा,नरबहादुर शाही,पृथबहादुर पाइजा,खिलबहादुर बरुवाल, चन्द्रकुमारी भट्टचन हुनुहुन्छ ।

Advertisement

जिल्ला कार्यसमितिको पहिलो बैठकबाट सदस्यमा निर्वाचित भएकाहरूबाट पद बाँडफाड गरिने अध्यक्ष थापाले बताउनुभयो । ’मलाई फेरी नेतृत्व सुम्पिनुभएको छ, सबैको साथ र सहयोगले पार्टीलाई थप गतिशिल बनाउँछु‘ अध्यक्ष थापाले बेनीअनलनलाई भन्नुभयो । पहिलो बैठकबाट ७ जना कार्यसमितिमा मनोनित गरिने छ ।अधिवेशनको केन्द्रिय उपाध्यक्ष दिलविकास राजभण्डारीले उद्घाटन गदैं राष्ट्रियता बचाउन राप्रपा पहिलो दल बन्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा पूर्वराज्यमन्त्री एवम् राप्रपा म्याग्दीका संस्थापक भिमप्रसाद गौचनले म्याग्दीमा राप्रपालाई शक्तीशाली बनाउन संगठन विस्तार र नयाँ पुस्तालाई आर्कषित गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा केन्द्रिय सदस्य जगतप्रसाद गौचन, गण्डकी प्रदेश कार्यसमिति सदस्य होमबहादुर थापा, केन्द्रिय सदस्य रामबहादुर शाहीले मन्तब्य राख्नुभएको यिथो । जिल्ला अध्यक्ष थापाको अध्यक्षता महिला उपाध्यक्ष सञ्जु बरुवालको स्वागत र सचिव देबेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ मंसिर १५, आईतवार ०१:३२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ मंसिर १५, आईतवार ०१:३२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
  • २०८२ मंसिर १५, आईतवार ०१:३२

मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिकाको परीक्षण सकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ मुस्ताङले सबै विद्यालयमा पढाइ हुने...

TOP