२०८३ श्रावण ७
July 23, 2026, Thursday

मालिका गाउँपालिकाको स्थापना दिवसमा सम्मान र पुरस्कार वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले नवौं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले वडा नम्बर ६ दरबाङमा विशेष समारोहको आयोजना गरी विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिकामा सार्वजनिक विदा दिईएको थियो भने दरबाङ बजारमा झाँकी सहितको प्रभातफेरी ¥याली र मूल समारोह आयोजना गरिएको थियो । समारोहको १०६ बर्षिया ज्येष्ठ नागरिक धनमती गुरुङले उद्घाटन गर्नुभएको थियो ।

Advertisement

स्थापना दिवसको अवसरमा गाउँपालिकाले राजनीतिक तथा सामाजिक , शिक्षा, खेलकुद, कृषि, कला संस्कृति, लघुउद्यमलगायतका क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरुलाई सम्मान गरेको थियो । सो अवसरमा राजनीतिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै तीन जनालाई मरोन्नपरान्त सम्मान प्रदान गरिएको छ ।तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन, सामाजिक क्षेत्रमा योगदान दिनुभएका शेरबहादुर शेरचन र शिक्षा क्षेत्रमा योगदान दिनुभएका बिर बहादुर कार्कीको सम्मानमा उहाँको परिवारलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुदमा जिल्लालाई चिनाउने कमला पुन र जमान सिं परियार, ज्येष्ठ नागरिक धनमती गुरुङ, बाँस निगालो तथा चोयाका सामाग्री निर्माण गर्ने भरीबहादुर पटेल, व्यवसायिक कृषि क्षेत्रमा योगदान पु¥याउने मालिका रेन्बो ट्राउट फर्मका सञ्चालक पूर्ण बहादुर रोका, बिसम कृषि फर्मका सञ्चालक भुपेन्द्र शर्मा सहित हरेक वडाबाट एक ÷एक जना लघुउद्यमी र कला संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यसैगरि बि.सं.२०७८ सालदेखि हालसम्म  कक्षा ८ र १० को परिक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालयलाई सम्मान गरिएको थियो भने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीहरुलाई व्यक्तिगत रुपमा रु १० हजार र छात्रा कबड्डीमा समुहमा स्वर्ण दिलाउने छात्राहरुको समूहलाइ रु २० हजार सहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्ने संस्कारको सुरुवात गरेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । गाउँपालिका अध्यक्ष गर्बुजाको अध्यक्षता, उपाध्यक्ष लक्ष्मीदेवी घर्तिको स्वागत रहेको कार्यक्रममा नेकपा एमाले गाउँपालका कमिटीका उपाध्यक्ष सन्तनाथ जैसी, नेपाली काँग्रेस गाउँपालिका कमिटीका अध्यक्ष खिमबहादुर पुन, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छबि विश्वकर्मा, वडा नम्बर ६ का अध्यक्ष पथबहादुर रोका, गाउँपालिका निवर्तमान उपाध्यक्ष खरमायाँ बिटालु, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो भने सञ्चारकर्मी अमित विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP