२०८३ असार २७
July 11, 2026, Saturday

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा

अमित विश्वकर्मा
म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा, गुनासो तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

केदारनाथ सुवेदी, मन बहादुर पूर्जा, दिल बहादुर वुढाथोकी, स्यानु पाईजा, टिका बहादुर पाईजा, प्रताप मल्ल, केश बहादुर वस्याल, गीता रोका, अर्जुन पराजुली लगायतले सडक लगायतका पूर्वाधार निर्माणमा गुणस्तर नभएको, निर्माणको चरणमा रहेको बेनी पात्लेखेत सडकमा निर्माण व्यवसायीले सजिलो ठाउँमा काम गरेको, वास्तविक किसानले अनुदान नपाएको, वडा कार्यालयमा वडा सचिव तथा प्राविधिक फेरबदल भइरहदा वा रिक्त रहदा कार्य सम्पादनमा समस्या उत्पन्न भएको, पात्लेखेतलाई आलु पकेट क्षेत्र घोषणा गरेपनि सो अनुसारको कार्यक्रम तथा सहयोग नपाएको, जग्गाको तिरो लगायतको राजस्व वढि तिर्नु परेको, स्वास्थ्य चौकीमा औसधि अभाव भएको, जग्गा नापीको लागि अमिनलाई वढि रकम तिर्नुपरेको गुनासो राखेका थिए ।

त्यस्तै सहभागीले निर्वाचनको समयमा पाँच वर्षमा पात्लेखेत सम्मका सडक पिच गर्नेभनि गरेको घोषणालाई कार्यान्वय गराउन जनप्रतिनिधिहरुलाई आग्रह समेत गरेको थिए । उनिहरुले सरकारी विद्यालयको पढाई खस्किदै गएको, योजनाहरुमा नियमित अनुगमन नभएको, एउटै रकमको योजनामा कतै कतै थोरै र कतै धेरै काम गर्न लगाईएकोमा प्रति जिज्ञासा राखेको थिए । कर्मचारीहरुलाई नागरिक प्रति उत्तरदायी र जवाफदेही भएर सेवा प्रवाह गर्न समेत उनिहरुको आग्रह थियो ।

सहभागीहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पात्लेखेत वासीको सहजताका लागि नेप्टेचौर देखि पात्लेखेत जाने तल्लोबाटो निर्माण कार्य सुरु गरेको बताउनुभयो । उहाँले बेनी पात्लेखेत सडक अन्तर्गत बेनपा ९ नेप्टेचौरको एकदुई ठाउँमा जमिन कमजोर भएका कारण काम नगरिएको तर अप्ठ्यारो ठाउँ भनेर नछोडिएको बताउनुभयो । प्रदेश सरकारबाट बजेट अभावका कारण अहिले निर्माण व्यवसायीले काम रोकेको र वजेट व्यवस्थापन पछि अर्को वर्ष सडक पिच हुने उहाँले बताउनुभयो । उहाँले नगरपालिकामै अमिनको व्यवस्था रहेकाले जग्गा नाँपजाँचका लागि वाहिर अमिन खोज्न नजान आग्रह गर्नुभयो । प्रदेश लोक सेवाले समयमै आवश्यकता अनुसारको कर्मचारी नपठाउँदा समस्या भएको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो ।

उहाँले पात्लेखेतलाई आलु पकेट क्षेत्रको रुपमा लिएकाले थप कार्यक्रम तथा योजनाहरु संचालन गरिने बताउनुभयो । उहाँले शिक्षामा सुधार गर्नका लागि विद्यालयका शिक्षक तथा व्यवस्थापन समिति संग अन्तरक्रिया कार्यक्रम निरन्तर संचालन गरिएको बताउनुभयो । नगर प्रमुख केसीले हामी गर्न सक्छौँ कार्यक्रम संचालन सम्वन्धी कार्यविधि निर्माण भई कार्यापालिकाबाट स्वीकृति गरिएको बताउदै यस अन्तर्गत विद्यार्थीहरुलाई विद्यालयस्तरबाटै सिप तथा क्षमताको विकास गराएको उल्लेख गर्नुभयो । घरघरमा स्वास्थ्यकर्मी पुगेर ज्येष्ठ नागरिकको नियमति स्वास्थ्य परिक्षण, पाठेघरको स्क्रिनिङ्ग शिविर लगायतलाई प्राथमिकता दिईएको नगर प्रमुख केसीको भनाई थियो ।

कार्यक्रममा उपप्रमुख ज्योति लामिछानेले नगरपालिकाले नगरवासीलाई आयआर्जन तथा उत्पादन संग जोडिने खालका तालिम तथा अन्य कार्यक्रमहरु संचालन गरिरहेकाले सहभागी भई लाभ लिन आग्रह गर्नुभयो । उपमेयर संग आमा कार्यक्रम अन्तर्गत पात्लेखेतका महिलाहरुलाई संचालन गरिएको पन्चेबाजा बजाउने तालिमले अहिले यहाँका महिलाहरु व्यवसायीक रुपमा बाजा बजाउन थालेको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले योजना अनुगमनलाई प्रभावकारी बनाईएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दोस्रो चौमासिक सम्मको प्रगति प्रतिवेदन पस्तुत गर्दै कार्य सम्पादन र सेवा प्रवाहलाई चुस्त बनाईएको बताउनुभयो । हाल सम्म चालुतर्फ कुल बजेटको ५४ प्रतिशत र पुँजीगततर्फ ३२ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । दोस्रो चौमासिक सम्म २ करोड १० लाख १७ हजार राजस्व संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता रमेश श्रेष्ठ, मालपोत कार्यालयका प्रमुख साधना कुमारी श्रेष्ठ, वडा अध्यक्ष मस्विर रोका, खानेपानी, जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका इन्जिनियर शिव संकर शाह, कृषि शाखा प्रमुख आकृति ढुंगाना, स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले सहभागीको जिज्ञासामा बोल्नुभएको थियो । कार्यक्रम बेनी नगरपालिका प्रमुख केसीको अध्यक्षता, वडा नम्वर १० का वडा अध्यक्ष रोकाको स्वागत र संचारकर्मी अमित विश्वकर्मा र शिव वोहोराको सहजीकरणमा सम्पन्न भएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP