म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित थकाली समाज घरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी तोरल्न पर्व हर्षोल्लासका साथ मनाउन सुरु गरेको हो।
तोरन्ल पर्वको अवसर आयोजित कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले पित्रृको उद्धार र समुदायको एकतामा तोरन्ल पर्वको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । म्याग्दीमा थकाली जतिहरु संख्यात्मक हिसाबले हेर्दा न्युन भएता पनि संस्कार र संस्कृति लोप हुन नदिन निरन्तर सक्रिय रहेको बताउनुभयो ।
पर्वको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सविन श्रेष्ठ लगायत विभिन्न क्षेत्रबाट उपस्थिती रहेको थियो ।पर्वको अवसरमा बेनीमा थकाली समुदायले तारो हान्ने खेल, भेषभूषा प्रदर्शनी र नाचगानलगायतका कार्यक्रमहरु आयोजना गरिएको छ ।
थकाली सेवा समाज नेपालका केन्द्रिय सदस्य शंकर शेरचन, थकाली यूवा समाज बेनी क्षेत्रका अध्यक्ष विजय भट्टचन लगायत थकाली अगुवाहरुको उपस्थिती रहेको कार्यक्रमको अध्यक्ष थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचन, स्वागत थकाली यूवा समाज बेनी क्षेत्रका निर्वतमान अध्यक्ष दिलिप गौचन र सञ्चालन समितिका सचिव योगेन्द्र शेरचनले गर्नुभएको थियो । फागु पूर्णिमा पर्वलाई थकाली भाषामा तोरन्ल पर्व भनेर चिन्ने गरिन्छ।
हिन्दू धर्मावलम्बीहरुले जसरी आफ्ना दिवङ्गत पितृको उद्दारका लागि श्राद्ध गर्ने थकाली सेवा समाज बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनले बताउनुभयो । आफ्नो पितृहरुको सम्झना गर्दै आफ्ना छोरी ज्वाँई, भान्जाभान्जी, आफन्त तथा नातागोतालाई बोलाएर मीठामीठा परिकारहरु बनाएर खुवाउने प्रचलन रहेको छ ।
म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार, उत्तरी अन्नपूर्ण गाउँपालिकाको दाना र भूरुङ–तातोपानी तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ क्षेत्रमा गरी जिल्लाभर झण्डै १ सय १५ घरधुरीको हाराहारीमा थकाली समुदायको बसोबास रहेको छ।
यसैगरी नेपालमा १९ क्षेत्र तथा अष्टेलिया, हङकङ र अमेरिकामा एक–एक क्षेत्र रहेको छ । नेपालमा पछिल्लो जनगणनाअनुसार थकालीको जनसंख्या १३ हजार छ। थकालीलाई सरकारले अल्पसंख्यक जातिमा सूचीकृत गरेको छ।
गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...
हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...
बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...