२०८३ भाद्र २
August 18, 2026, Tuesday

म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्री विजयी

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी हुनुभएको छ ।  गयराती अबेर सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार  नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका संगम २८८ मत सहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दीहरु अखिल क्रान्तिकारी (माओवादी केन्द्र)का सन्दिप खत्रीले एक सय ६६ , अनेरास्ववियु(नेकपा एमाले )का दिनेश खत्री (सुजन)ले १९२ र अखिल नेपाल समाजवादीकी मनिषा दर्जीले ५ मत प्राप्त गर्नुभएको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल क्षेत्री २८३ मत सहित विजयी हुनुभएको छ ।

कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारी २५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा प्रतक्षतर्फ नेविसंघका विशाल विक (२६४) ,ढकबहादुर भण्डारी (२८१) ,सम्पुर्ण जिसी (२५१) ,अनुपम क्षेष्ठ (२८९) विजयी हुनुभएको छ भने अनेरास्ववियुबाट अविजित शाही (२८४ ) विजयी हुनुभएको छ । समानुपातिक र प्रतक्षतर्फ गरी नेविसंघले ७ , अनेरास्ववियुले ४ र अखिल क्रान्तिकारीले एक सदस्य जितेको छ । कुल मतदाता ८२४ मध्ये ६८६ मत खसेको थियो । समानुपातिक तर्फ अनेरास्ववियुले २७७ , नेविसंघले २४४ , अखिल क्रान्तिकारीले एक सय ४२ , अखिल समाजवादीले दश मत प्राप्त गरेका छन् । म्याग्दी क्याम्पस स्ववियु सभापतिमा नेविसंघले दोस्रो पटक जितेको हो । यस अघि २०६० साल फागुन १४ मा प्रेम सिकेले सभापति जित्नुभएको थियो ।

Advertisement

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP