२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

सांसद गर्बुजाको पहलमा बृहत् पिप्ले–भगवती खानेपानी आयोजना बनाउन १० करोडको टेन्डर आह्वान

अन्तत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा खानेपानी सुविधा विस्तार यो वर्षदेखि तीव्रता पाउने भएको छ । करिब २ हजार ४ सय बढी घरपरिवार लाभान्वित हुने खानेपानी योजनाका लागि १० करोडको टेन्डर आह्वान भएको हो । बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश भएपनि बजेट अभाव झल्दै आइरहेको अवस्थामा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा `खम्बिर´ले टेन्डर आह्वान भएसँगै भगवती र पिप्लेबासीको बषौंदेखिको माग पूरा हुने बताउनुभयो ।

Advertisement

‘यो खानेपानीका लागि गरिएको प्रयास सफल भएको छ, अब हरेक बर्ष स्रोतको कुनै कमी हुदैन, समयमै सम्पन्न गर्ने गरी अबका प्रक्रियामा पनि लाग्नेछु,’ प्रतिनिधिसभा सदस्य गर्बुजाले भन्नुभयो । बहुवर्षीय ठेक्का लगाउन अर्थमन्त्रालयले स्रोत सहमति दिएको थियो ।

Advertisement

१० करोडको टेन्डरमा कन्टिन्जेन्सी खर्च कटाएर ७ करोड २६ लाख बराबरको काम चालु आव २०८१/८२ देखि नै कार्यान्वयन हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताउनुभयो । ‘आज टेन्डर आह्वान भएको छ, अबको प्रक्रियालाई पनि हामीले तिब्रता दिन्छौ’इन्जिनियर सुबेदीले भन्नुभयो ।

पछिल्लोपटक सन् २०२२ मा भएको सर्वेक्षणअनुसार रु ३९ करोड ३३ लाख लागत अनुमान गरिएको पिप्ले–भगवती खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बहुवर्षीय ठेक्का आह्वान गर्न अर्थ मन्त्रालयले स्रोत सहमति नदिँदा कार्यान्वयन हुन नसकेपछि निरन्तरको दबाबसँगै टेन्डर आह्वान भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

चारवटा प्याकेजमा विभाजन गरेर पहिलो प्याकेजको काम सुरु गर्न ठेक्का आह्वान भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ । रघुगङ्गा गाउँपालिका–७, चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्याङकीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइप लाइन रहने छ ।

सङ्घीय सरकारको ८० र उपभोक्ताको २० प्रतिशत लागत साझेदारीमा आयोजना निर्माण हुन लागेको हो । रघुगंगा गाउँपालिकामा सबैभन्दा बढी जनघनत्व रहेको क्षेत्र वडा नं २ र ३ मा पर्ने बस्तीहरू हुन् । गाउँघरमा रहेका पुराना खानेपानीको मुहान सडक सञ्जाल, जलवायु परिवर्तन लगायतका कारण समस्या भइरहेको अवस्थामा खानेपानी आयोजनाको काम अगाडी बढेपछि सहज भएको रघुगङ्गा गाउँपालिका–२, भगवतीका वडाध्यक्ष अमृत भण्डारीले बताउनुभयो ।

उक्त आयोजनाका लागि उपभोक्ताको तर्फबाट सहभागिता जनाउन आवश्यक पर्ने बजेटको व्यवस्था गरेर १३ लाख ५० हजार खातामा जम्मा गरिसकेको वडा अध्यक्ष भण्डारीको भनाई चिमखोलाबाट ल्याएको पानीलाइ पुराना संरचना सहित नयाँ आवश्यक संरचना बनाएर घरघरका धारामा वितरणको व्यवस्था गरिएको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८१ चैत्र ११, सोमबार ०६:५०

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८१ चैत्र ११, सोमबार ०६:५०

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८१ चैत्र ११, सोमबार ०६:५०

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP