२०८३ श्रावण ८
July 24, 2026, Friday

म्याग्दी बहुमुखी क्याम्पसमा बक्तृत्वकला प्रतियोगितामा खत्री प्रथम

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।

Advertisement

“मर्यादित सहकारीः समुन्नत समाज” विषयक बक्तृत्वकला प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुशिल खत्री प्रथम, बिएड चौथो बर्षका दिवसबाबु शाही द्धितिय र बिबिएस प्रथम बर्षकी आज्ञा पौडेल तृतिय भइन् । प्रथम, द्धितिय र तृतिय हुनले क्रमश ५ हजार, ३ हजार २ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

वक्तृत्वकला प्रतियोगिताको उद्घाटन गदैं क्याम्पस प्रमुख श्रीधर सुबेदीले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सुसञ्चालन गरी मुलुकको समुन्नत समाज निर्माणमा योगदान पुर्याउने बताए । विद्यार्थीको क्षमता विकास तथा सहकारीमार्फत समुदायमा गर्न सकिने सकारात्मक अभियानहरूमा विद्यार्थीलाई समेत सहभागि गराउन सकिने क्याम्पस प्रमुख सुबेदीको भनाई छ ।

प्रतियोगितामा ६ जना प्रतियोगिको सहभागिता रहेको थियो । सहकारीक अध्यक्ष प्रमिला जोशी श्रेष्ठले सहकारीलाई वित्तीय अनुशासन, सुशासन, पारदर्शिता, स्वावलम्बन, सामाजिक उत्तरदायित्व जस्ता मूल्य–मान्यतामा आधारित बनाई आर्थिक विकासमा रचनात्मक कार्यहरुले सघाउने गरी कार्यक्रमहरु भइरहेको बताइन् ।

लोकदिप सहकारीले स्थापना दिवसको अवसरमा सहकारी शिक्षामा बाल बचत योजनामार्फत बालबालिकालाई बचत गर्ने बानीको विकास गराउन नियमित रुपमा मासिक बचतका लागि खुत्रुके हस्तान्तरण, विपन्न सदस्यलाई सहयोग तथा डिजिटल बैंकिङमार्फत कारोबार तथा सदस्यहरुको क्षमता विकासका कार्यहरु समेत गरिरहेको प्रबन्धक नेत्रराज सुबेदीले बताए ।

सहकारीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठको अध्यक्षता, सचिव अर्जुन पौडेलको सञ्चालन,उपाध्यक्ष देबेन्द्र पौडेलको स्वागतमा सम्पन्न भएको थियो । १ हजार ३९३ जना सेयर सदस्य रहेको सहकारीमा ९ करोड निक्षेप, चुक्तापुँजी १ करोड ७२ लाख र ९ करोड कर्जा प्रवाह रहेको छ । खुत्रुके बचत, लखपति बचत, जुनसुकै बैंकबाट सहकारीमा पैसा जम्मा गर्न मिल्ने, निकाल्न मिल्ने मोवाइल बैंकिङ, अनिवार्य मासिक बचत लगाएतका विशेष बचत कार्यक्रमहरु रहेको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP