म्याग्दी । जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ मनोनित हुनुभएको छ । बेनी नगरपालिका–७ का श्रेष्ठ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको निर्णय अनुसार प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले म्याग्दीका श्रेष्ठ सहित गण्डकी प्रदेशका आठ वटा जिल्लाका खेलकुद विकास समितिका पदाधीकारीहरुलाई सपथ ग्रहण गराउनुभएको छ ।श्रेष्ठ सहित कोषाध्यक्षमा मालिका गाउँपालिकाका नरेश पुन मनोनित हुनुभएको छ ।
सपथ ग्रहण कार्यक्रममा मन्त्री थापाले आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी अवस्थामा रहन आग्रह गर्दै पालिका हुँदै जिल्ला छनोटको कार्य जिल्ला खेलकुदको नेतृत्वमा रहेकोले उत्कृष्ट खेलाडी छनौट गर्न आग्रह गर्नुभयो ।
उहाँले दशौं राष्ट्रिय खेलकुदका लागि ३ करोड ३० लाख रकम विनियोजन गरिएको बताउँदै प्रदेश सरकार खेलाडीहरुको हितका लागि गम्भिर रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले खेलकुद विकासको अभिभारा जिल्ला समितिमा निहित रहेको बताउँदै समितिका पदाधिकारीहरुले आफ्नो जिम्मेवार अनुरुप अघि बढन आग्रह गर्नुभयो । सो अवसरमा परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले मनोनयन भएका पदाधिकारीहरुलाई अभिमुखिकरण गर्नुभएको थियो ।
Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...
म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...