२०८३ असार २६
July 10, 2026, Friday

गण्डकीमा संस्थागत क्षमता मूल्याङ्कन नतिजामा जलजला प्रथम

बेनी । म्याग्दी संग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को नतिजामा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा जलजलाले ९८.५ अंक प्राप्त गरेको हो ।

मूल्याङ्कन अनुसार जलजलाले शासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक प्रगतिमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधार १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा आठ तथा सहकार्य र समन्वयमा छ अंक प्राप्त गरेको छ । गत वर्ष ८६ अंक पाएको थियो ।

पर्वतको महाशिला गाउँपालिकाले ८१.७५, मोदी गाउँपालिकाले ७८.२५, पैयु गाउँपालिकाले ८१, कुश्मा नगरपालिकाले ६७.७५, फलेवास नगरपाकिलो ७५.२५ र बिहादी गाउँपालिकाले ७१ अंक पाएका छन् । गाउँपालिका तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्न स्वमूल्याङ्कनले सहयोग गर्ने गरेको छ ।

आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउन पनि यसले भूमिका खेलेको छ । स्वमूल्याङ्कनको नतिजामा म्याग्दीका स्थानीय तहहरुमा बेनी नगरपालिकाले ९०.२५, अन्नपूर्ण गाउँपालिकाले ८०.७५, धवलागिरी गाउँपालिकाले ६६.५, मालिका गाउँपालिकाले ७१, मंगला गाउँपालिकाले ७०.५, रघुगंगा गाउँपालिकाले ७६.७५ अंक प्राप्त गरेका छन् ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP