२०८२ बैशाख १०
April 23, 2025, Wednesday

गण्डकीमा संस्थागत क्षमता मूल्याङ्कन नतिजामा जलजला प्रथम

बेनी । म्याग्दी संग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को नतिजामा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा जलजलाले ९८.५ अंक प्राप्त गरेको हो ।

Advertisement

मूल्याङ्कन अनुसार जलजलाले शासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक प्रगतिमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधार १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा आठ तथा सहकार्य र समन्वयमा छ अंक प्राप्त गरेको छ । गत वर्ष ८६ अंक पाएको थियो ।

Advertisement

पर्वतको महाशिला गाउँपालिकाले ८१.७५, मोदी गाउँपालिकाले ७८.२५, पैयु गाउँपालिकाले ८१, कुश्मा नगरपालिकाले ६७.७५, फलेवास नगरपाकिलो ७५.२५ र बिहादी गाउँपालिकाले ७१ अंक पाएका छन् । गाउँपालिका तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्न स्वमूल्याङ्कनले सहयोग गर्ने गरेको छ ।

आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउन पनि यसले भूमिका खेलेको छ । स्वमूल्याङ्कनको नतिजामा म्याग्दीका स्थानीय तहहरुमा बेनी नगरपालिकाले ९०.२५, अन्नपूर्ण गाउँपालिकाले ८०.७५, धवलागिरी गाउँपालिकाले ६६.५, मालिका गाउँपालिकाले ७१, मंगला गाउँपालिकाले ७०.५, रघुगंगा गाउँपालिकाले ७६.७५ अंक प्राप्त गरेका छन् ।

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०८१ चैत्र १९, मंगलवार १५:३१

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ चैत्र १९, मंगलवार १५:३१

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ चैत्र १९, मंगलवार १५:३१

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP