२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

मुटुरोगसम्बन्धी शिविरबाट ११ सय बढीको चेकजाँच, १३ बिरामीको पहिचान

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट ११ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा बुधबार सम्पन्न भएको शिविरमा मुटुसम्बन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायतका ११ सय १५ जनालाई सेवा प्रदान गरिएको हो ।

Advertisement

म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलबार ५ सय ६५ जना, दोस्रो दिन ५ सय ५० जनाको चेकजाँच गरिएकोमा १३ बिरामीमा मुटुको समस्या देखिएको शिविर तथा तालिम ब्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुबेदीले बताए ।

मुटुमा समस्या देखिएकालाई थप उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा पठाउने र उपचारमा समेत सहुलियत प्रदान गरिने जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्रीले बताइन् । ‘मुटुसम्बन्धी विशेषज्ञ सेवा लिन राजधानी तथा सुविधासम्पन्न अस्पताल जानुपर्ने अवस्थामा मुटुसम्बन्धी समस्या भएकालाई सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको हो’ निमित्त प्रमुख खत्रीले भनिन् ।

शिविरमा म्याग्दीसहित छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङबाट सेवा लिन बिरामी आएका थिए । मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा रक्तपरीक्षण गरिएको थियो । उच्च रक्तचापका बिरामी पनि म्याग्दीमा उल्लेख्य भेटिएको थियो । शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका निर्देशक डा. रबी मल्लले शिविरमा ९ जना जन्मजात मुटुरोगको समस्या भेटिएको बताउँदै मुटुमा समस्या देखिएमा तुरुन्तै उपचारका लागि समेत अनुरोध गरे ।

‘लुकेर रहेका बिरामीको पहिचान गरी सम्पर्क गर्नुहोला,समस्या देखिएकाहरुलाई तुरुन्तै उपचार गछौं’ डा. मल्लले भने । शिविरमा म्याग्दी उद्योग वाणिज्य सङ्घ, राखु कल्याणकारी समाज, म्याग्दी जेसीज, नेपाल रेडक्रस सोसाईटी, ओमकुमारी शान्ति कोष र म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले स्वंयमसेवक परिचालन गरेका छन् बेनी नगरपालिकाको नगर प्रहरी सहितको अन्य थप जनशक्ती समेत खटिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

यसैबीच फोक्सो वा मुटुको गति रोकिएर मृत्युवरण हुने समस्यालाई रोक्न म्याग्दीको सदरमुकाम बेनीमा कार्डिओ–पल्मोनरी रिससिटेसन (सिपिआर) तालिम म्याग्दीका स्वास्थ्यकर्मी सहित कुल १ सय ५२ जनालाई प्रदान गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयमा आयोजित तालिममा १ सय ३५ जना स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो भने अन्य १७ जनाले तालिम लिएका थिए । तालिमको सहजीकरण स्वास्थ्यकर्मी प्रतिवेदन डंगोल सहित ६ जना स्वास्थ्यकर्मीले गरेका थिए ।

तालिममा मुटु वा फोक्सो बन्द भएर हुने त्यही मृत्युलाई रोक्न आवश्यक विधि सहित सिपिआरको आधारभूत ज्ञान प्रदान गरिएको थियो । तालिममा शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले आधारभूत सैद्धान्तिक, प्रयोगात्मक अभ्यास सहितको करिब ५ घण्टा सहजीकरण गरिएको थियो । तालिमका सहभागिले निकै उपयोगी भएकाले आफ्नो क्षेत्रमा पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP