Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

मुटुरोगसम्बन्धी शिविरबाट ११ सय बढीको चेकजाँच, १३ बिरामीको पहिचान

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट ११ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा बुधबार सम्पन्न भएको शिविरमा मुटुसम्बन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायतका ११ सय १५ जनालाई सेवा प्रदान गरिएको हो ।

Advertisement

म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलबार ५ सय ६५ जना, दोस्रो दिन ५ सय ५० जनाको चेकजाँच गरिएकोमा १३ बिरामीमा मुटुको समस्या देखिएको शिविर तथा तालिम ब्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुबेदीले बताए ।

Advertisement

मुटुमा समस्या देखिएकालाई थप उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा पठाउने र उपचारमा समेत सहुलियत प्रदान गरिने जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्रीले बताइन् । ‘मुटुसम्बन्धी विशेषज्ञ सेवा लिन राजधानी तथा सुविधासम्पन्न अस्पताल जानुपर्ने अवस्थामा मुटुसम्बन्धी समस्या भएकालाई सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको हो’ निमित्त प्रमुख खत्रीले भनिन् ।

शिविरमा म्याग्दीसहित छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङबाट सेवा लिन बिरामी आएका थिए । मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा रक्तपरीक्षण गरिएको थियो । उच्च रक्तचापका बिरामी पनि म्याग्दीमा उल्लेख्य भेटिएको थियो । शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका निर्देशक डा. रबी मल्लले शिविरमा ९ जना जन्मजात मुटुरोगको समस्या भेटिएको बताउँदै मुटुमा समस्या देखिएमा तुरुन्तै उपचारका लागि समेत अनुरोध गरे ।

‘लुकेर रहेका बिरामीको पहिचान गरी सम्पर्क गर्नुहोला,समस्या देखिएकाहरुलाई तुरुन्तै उपचार गछौं’ डा. मल्लले भने । शिविरमा म्याग्दी उद्योग वाणिज्य सङ्घ, राखु कल्याणकारी समाज, म्याग्दी जेसीज, नेपाल रेडक्रस सोसाईटी, ओमकुमारी शान्ति कोष र म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले स्वंयमसेवक परिचालन गरेका छन् बेनी नगरपालिकाको नगर प्रहरी सहितको अन्य थप जनशक्ती समेत खटिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

यसैबीच फोक्सो वा मुटुको गति रोकिएर मृत्युवरण हुने समस्यालाई रोक्न म्याग्दीको सदरमुकाम बेनीमा कार्डिओ–पल्मोनरी रिससिटेसन (सिपिआर) तालिम म्याग्दीका स्वास्थ्यकर्मी सहित कुल १ सय ५२ जनालाई प्रदान गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयमा आयोजित तालिममा १ सय ३५ जना स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो भने अन्य १७ जनाले तालिम लिएका थिए । तालिमको सहजीकरण स्वास्थ्यकर्मी प्रतिवेदन डंगोल सहित ६ जना स्वास्थ्यकर्मीले गरेका थिए ।

तालिममा मुटु वा फोक्सो बन्द भएर हुने त्यही मृत्युलाई रोक्न आवश्यक विधि सहित सिपिआरको आधारभूत ज्ञान प्रदान गरिएको थियो । तालिममा शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले आधारभूत सैद्धान्तिक, प्रयोगात्मक अभ्यास सहितको करिब ५ घण्टा सहजीकरण गरिएको थियो । तालिमका सहभागिले निकै उपयोगी भएकाले आफ्नो क्षेत्रमा पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP