२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

पर्यटकको पर्खाइमा जलजलाको हम्पाल लेक (फोटो फिचर)

राकेश शर्मा
गर्मी सिजन सुरु भएसंगै पर्यटकीय स्थलहरुमा पर्यटकको चहलपह सुरु भएको छ छ । तर म्याग्दी संग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका वार्ड न ६ सालिजा क्षेत्रमा पर्ने हम्पाल क्षेत्र सुनसान जस्तै छ । प्रचुर पर्यटकीय सम्भावना भएपनि यस क्षेत्रमा पूर्वाधार निर्माण नहुदा ओझेलमा परेको छ ।

Advertisement

पर्यटकीय क्षेत्रको सम्भावना रहेपघुम्ने सिजन शुरु भएसंगै आन्तरीक र बाह्य पर्यटकहरुले पर्यटकीय स्थलहरु भरीभराउ हुँदा पर्वतको हम्पाल लेक भने सुनसान जस्तै छ । पर्वत जिल्लाको सवैभन्दा उचाईमा रहेको हम्पाल पर्यटकी सम्भावनायुक्त स्थल हो । जलजला क्षेत्रमा पर्ने उक्त लेकलाई कालाञ्जर पर्वतको नामबाट पनि चिनिन्छ । अग्लो स्थानमा रहेको उक्त लेक धार्मिक र पर्यावरणीय हिसावले निकै महत्वपूर्ण मानिन्छ ।

Advertisement

यो क्षेत्र हिन्दु धर्मावलम्बीहरुको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको पाइन्छ । हनुमानले यही क्षेत्रबाट जडिुवटी लगेर औषधी उपचारमा प्रयोग गरेको धार्मीक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ ।

विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास हुन नसकेको जलजला गाउँपालिका–३ का युवा कुशल जिसीले बताउनुभयो ।

कालाञ्जर पर्वतमा परापूर्व कालमा त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ ।

हम्पाल लेकको पहाडको टाकुरामा समथर क्षेत्र, खोला र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ । हिउँदमा हिंमपात र वर्षतमा हरियालीसंगै बसन्तको अन्तिमसम्म पनि सेतो र रातो लालीगुराँसले हम्पाल क्षेत्र शुसज्जित हुने गरेको छ । तस्विर कुशल जिसी

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८१ चैत्र २१, बिहीबार १६:३७

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८१ चैत्र २१, बिहीबार १६:३७

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८१ चैत्र २१, बिहीबार १६:३७

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP