२०८३ श्रावण ८
July 24, 2026, Friday

कोसेरा खोलामा स्टिल ट्रस पुलको उद्घाटन, कुईनेबासीको यात्रा सहज

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा मानिने जिल्लाको रघुगंगा गाउँपालिका–८ को कुईने गाउँको कोसेरा खोलामा ट्रस प्रविधिको स्टिल ट्रस पुलको शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।

Advertisement

३२ मिटर लामो पुलबाट रघुगंगाका कुइने गाउँका करिब एक सय घरधुरीका ४८५ जना जनसङ्ख्या लाभान्वित भएका छन् । रू ३३ लाख २४ हजार हजार १६७ रुपैयाँ को लागतमा पुल निर्माण भएको पुल उपभोक्ता समितिका सचिव इश्वर छन्त्यालले बताउनुभयो ।

पुलका उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले पुल निर्माण भएपछि कुईनेका स्थानीयवासीलाई आवत–जावतमा सहज हुने बताउनुभयो । आफूले स्थानीयवासीको आवश्यकता र मागलाई प्राथमिकता दिएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले अघिल्लो आर्थिक बर्षमा नै सम्पन्न हुने पुलको सडक पहिरोको कारण बन्दभएपछि ढिला गरि निर्माण सम्पन्न भएको बताउनुभयो । पालिकाका दुर्गम बस्तीका जनताको आवश्यकता र प्राथमिकताका आधारमा आफुहरुले काम गरिरहेको वडा नं ६ का वडा अध्यक्ष मन कुमार शेरपुञ्जाले बताउनुभयो ।

संघिय सरकारको झुलुङ्गेपुल क्षेत्रको ८५ प्रतिशत, रघुगंगा गाउँपालिकाको १३ प्रतिशत र स्थानीयको दुई प्रतिशत जनश्रमदान र मिलन म्याग्दीको प्राविधिक सहयोगबाट निर्माण भएको पुलले बर्खाको समयमा हिड्न नमिल्ले ठाउँमा पुल बनेपछि सुरक्षित रूपमा यात्रा छोटो र सजिलो भएको उपभोक्ता समितका अध्यक्ष दिनेश छन्त्यालले बताउनुभयो ।

उक्त पुल उद्घाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालको अध्यक्षता, पूर्ण छन्त्यालको स्वागतमा भएको कार्यक्रममा मिलन म्याग्दीका प्रतिनिधि तथा प्राविधिक याम बहादुर विश्वकर्माले समेत पुल निर्माणमा भएको खर्च र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा सार्वजनिक लेखा परिक्षण समेत गरिएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP