म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी दोहोरिनुभएको छ । शुक्रबार गलेश्वरमा सम्पन्न कोषको आठौं अधिवेशन तथा १९ औं कार्यकारी सभाबाट रेग्मी अध्यक्ष पदमा पुनः सर्वसम्मत चयन हुनुभएको हो ।
कार्यालय सचिव राम बानियाँका अनुसार, कोषको कार्यसमिति उपाध्यक्षमा बम बहादुर पुन,कोषाध्यक्षमा कुमारी रोका चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा पुर्ण बहादुर बानियाँ, रमेश प्रसाद सुवेदी , धन प्रसाद रोका ,पुण्य बहादुर चोखाल ,टेक बहादुर बानियाँ ,मनोज पौडेल ,देबीप्रसाद छन्त्याल ,मनु पुन फगामी , लक्ष्मी कुमारी केसी कार्की र रामजी शर्मा चयन हुनुभएको छ ।
‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...
धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...