Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

सिड्नीमा मंगलाको बाविक्यूसँगै जर्सी हस्तान्तरण

गोपाल छन्त्याल

Advertisement

सिड्नी । मंगला कम्यूनिटी अस्ट्रेलियाले आइतबार बाविक्यू तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अध्ययन र रोजगारको सिलसिलामा अस्ट्रेलियामा रहेका म्याग्दीको मंगला गाउँपालिका र आसपासका म्याग्देलीहरुले आपसी एकता, सद्भावसँगै एक अर्कालाई सहयोग गर्ने उद्देश्यसहित केहि महिनाअघि मंगला कम्यूनिटी गठन गरेको थियो । आइतबार सिड्नीको ओर्वन पार्कमा आयोजित बाविक्यू कार्यक्रममा भेटघाटसँगै साँगेतिक प्रस्तुतीहरु पनि देखाईएको थियो ।

Advertisement

कम्यूनिटीका अध्यक्ष किस्मत मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाका अध्यक्ष सुसन श्रेष्ठले म्याग्देलीहरु जहाँ रहेपनि एकताबद्ध भएर अघि बढेकोमा खुशी व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा, होटल व्यवसायी इन्द्र तुलाचन, जलजला परिवारका अध्यक्ष दिपेन्द्र भण्डारी, बावा एजुकेशन कन्सल्टेन्सीले सिड्नीका प्रबन्ध निर्देशक रविन्द्र कुमार शर्मा लगायत कम्यूनिटीका सल्लाहकार, पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको कार्यक्रमका सञ्चालन सचिब वीरेन्द्र दगामी पुनले गरेका थिए ।

कार्यक्रममा लोकगायिक निशा केसी, मिलन विश्वकर्मा, गायक यमन जुग्जाली लगायत आफ्नो साँगेतिक प्रस्तुती दिएका थिए । सोही अवसरमा, मंगलाको महिला तथा पुरुष भलिबल टोलीलाई जर्सी हस्तान्तरण गरिएको छ । उक्त जर्सीलाई बाबा एजुकेशन कन्सल्टेन्सीले प्रायोजन गरेको छ । बाबा एजुकेशनका प्रबन्ध निर्देशक रविन्द्र कुमार शर्माले मंगलाका अध्यक्ष किस्मत मल्ल ठकुरीलाई उक्त जर्सी हस्तान्तरण गर्दै खेलकुद मार्फत सामाजिक अभियानमा जोडिन पाउँदा खुशी लागेको बताएका थिए ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP